सिरहाबाट हतियार सहित दुई युवक पक्राउ
पक्राउ पर्नेमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. २ बस्ने बर्ष २२ को डिम्पल यादव र प्रेमनाथ यादव रहेको प्रहरीले जनाएको छ । डिम्पलको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाईट्रोभेट ट्याब्लेट ६ पिस फेलापरेको थियो । सोही घटनामा पक्राउ गरी सोधपुछ गर्दा उक्त घटनामा प्रेमनाथ यादव समेतको संलग्नता रहेको हो भनि जानकारी गराएको भन्दै दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

२०७७ कार्तिक १३ बिहीबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाबाट हातहतियार सहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बिहिबार विहान ८ः४५ बजेको समयमा सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ बन्दिपुर बजारबाट खटि गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटि गएको टोलीले स ७ प २५५३ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा हतियार फेला परेको बताईएको छ ।
पक्राउ पर्नेमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. २ बस्ने बर्ष २२ को डिम्पल यादव र प्रेमनाथ यादव रहेको प्रहरीले जनाएको छ । डिम्पलको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाईट्रोभेट ट्याब्लेट ६ पिस फेलापरेको थियो । सोही घटनामा पक्राउ गरी सोधपुछ गर्दा उक्त घटनामा प्रेमनाथ यादव समेतको संलग्नता रहेको हो भनि जानकारी गराएको भन्दै दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…