जनकपुरबाट २२ लाख बढीको समान पक्राउ
बुधबार नै दिउँसो करिब १ बजेको समयमा जिल्ला धनुषा सहिदनगर नगरपालिका वडा नं. ६ भित्री सडक खण्डमा कटिपुर गाउँ स्थित ईलाका प्रहरी कार्यालय यदुकुहा धनुषाबाट ईन्सपेक्टर सँबीत भण्डारीको कमाण्डमा र २ नम्बर प्रहरी प्रधान कार्यालय जनकपुरको सादा पोशाकको संयुक्त टोलीले भरतबाट भन्सार छलि ३ वटा मोटरसाईकलहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको सुति साडि १२ पिस, रातो कपडा १७ थान, मार्किन ब्लाउज कपडा २५ थान, कपडाको झोला ४ थान, मार्किन ब्लाउजको कपडा १०० पिस, गम्छा १०० पिस, लेडिज सुट कपडा ४ पिस, पेन्ट १ लिटरको ९४ डिबा गरी ८५ हजार ४० रुपैयाँ बराबरको पक्राउ गरिएको हो ।

२०७७ कार्तिक १३ बिहीबार, बेलुकी ५:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय धनुषाले २२ लाख बढी मूल्य बराबरको समान पक्राउ गरेको छ ।
धनुषा प्रहरीले बुधबार र विहिबार गरी जिल्लाको विभिन्न ईलाकाबाट २२ लाख बढी मूल्य बराबरको अवैद्य समान बरामद गरेको हो । बुधबार सीमा प्रहरी चौकी जटही धनुषाबाट प्रहरी नायब नीरिक्षकको कमाण्डमा गएको प्रहरी टोलीले नगराईन नगरपालिका वडा नं. २ जमुनी खोला नजिकबाट भन्सार छली गरी नेपाल भित्रयाउँदै गर्दा लत्ताकपडा तथ भाँडाकुडाहरु पक्राउ गरिएको हो । सो समान १० लाख २७ हजार ५५० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
सोही क्रममा विहिबार बिहान करिब ५ः३० बजेको समयमा जनकनन्दीनी गाउँपालिका वडा नं. १ बस्ने कमली देवीको घरमा भारतबाट भन्सार छली अवैद्य रुपमा ल्याई राखेको विभिन्न समाग्रीहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र सादा पोशाकको प्रहरी चौकी ईनर्वाबाट खटि गएको सँयुक्त टोलीले १० लाख ५ हजार मूल्य बराबरको समान बरामद गरेको हो ।
टोलिले राजनिवास र तुल्सि (६÷६भाङ्गा , राज निवासको तुल्सी १ भाङ्गा, चापरा (काठ रंगाउने) १ बोरा, कार्वाईट (फल पकाउने) १ कार्टुन, ज १० प ६३२१ नं. को अपाचे मोटरसाईकल १ थान गरि जम्मा १० लाख ५ हजार मूल्य बराबरका समानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुर पठाएको हो ।
बुधबार नै दिउँसो करिब १ बजेको समयमा जिल्ला धनुषा सहिदनगर नगरपालिका वडा नं. ६ भित्री सडक खण्डमा कटिपुर गाउँ स्थित ईलाका प्रहरी कार्यालय यदुकुहा धनुषाबाट ईन्सपेक्टर सँबीत भण्डारीको कमाण्डमा र २ नम्बर प्रहरी प्रधान कार्यालय जनकपुरको सादा पोशाकको संयुक्त टोलीले भरतबाट भन्सार छलि ३ वटा मोटरसाईकलहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको सुति साडि १२ पिस, रातो कपडा १७ थान, मार्किन ब्लाउज कपडा २५ थान, कपडाको झोला ४ थान, मार्किन ब्लाउजको कपडा १०० पिस, गम्छा १०० पिस, लेडिज सुट कपडा ४ पिस, पेन्ट १ लिटरको ९४ डिबा गरी ८५ हजार ४० रुपैयाँ बराबरको पक्राउ गरिएको हो ।
यस्तै, ज ११ प १०५० नम्बरको मोटरसाईकल १ थान , ज १२ प ५२५३ नम्बरको , १ थान, ज ३ प ३११४ नम्बरको मोटरसाईकल १ थान गरी जम्मा अनुमानित २ लाख ५५ हजार ४० रुपैयाँ बराबरका समानहरु नियनत्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…