प्रदेश २ : बालकलाई प्रहरीको गोली, वीरगँज रिफर !
अहिले घाइते बालक को सिटी स्क्यान भएको छ भने गोली टाउकोमा बाँया भागमा लागेको र अपरेसन भएको

२०७७ कार्तिक १३ बिहीबार, दिउँसो ३:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नम्बर २ को बारामा गए राती प्रहरीको गोलि लागेर एक बालक गम्भीर घाइते भएका छन् ।
बाराको सुवर्ण गाउँपालिका वडा नं। २ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि झडप हुँदा सुवर्ण गाउँपालिका वडा नं. २ कै १४ वर्षीय रन्जनकुमार यादवको टाउकोमा गोलि लागेर स्थानीय एसआर अस्पतालमा उपचार भईरहेकोमा स्थानीय अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि वीरगन्जको बयोधा अस्पतालमा रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले जानकारी दिएका छन् ।
अहिले घाइते बालक को सिटी स्क्यान भएको छ भने गोली टाउकोमा बाँया भागमा लागेको र अपरेसन भएको अस्पतालले जानकारी दिएको छ । बुधबार राति साढे ८ बजेतिर किसानले भारतबाट आलु,प्याज तथा बीउ ल्याइरहँदा प्रहरीले तस्कर समुह भन्दै नियन्त्रणमा लिएर सदरमुकाम कलैया पठाउन खोज्दा उक्त समानहरु ल्याएका समूह र स्थानीयहरु मिलेर अवरोध गर्न खोजेको र प्रहरीको गाडी तोडफोड गरेपछि झडप भएको थियो।
उक्त झडपमा प्रहरी नायब निरीक्षक बिरेन्द्र गिरी सहित तीन जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको उपचार कलैया अस्पतालमा भईरहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्ण पगेनीले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…