भारी परिमाणमा नाईट्रोभेट ट्याब्लेट ड्रग्स सहित दुई जना पक्राउ
महोत्तरीकै सम्सी नाका लागु औषध तस्करीको ट्रान्जित नाका रहदै आएकोमा विगतमा अन्य नाकाहरुको प्रयोग समेत वढेको

२०७७ कार्तिक १२ बुधबार, दिउँसो १:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा लागु औषध (ड्रग्स) सहित प्रहरीले दुईजालाई पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारा स्थित शसस्त्रको चेकपोष्टले भारी परिमाणमा लागुऔषध नाईट्रोभेट ट्यावलेट सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा जिल्ला ठुलोपात गाउपालिका वडा नं. ९ का असिम भुजेल र सिन्धुली जिल्ला कमलामाई नगरपालिका वस्ने मनोज भुजेल रहेका छन । दुवैजना भारतबाट झोलामा पाखेर लागुऔषध नाईट्राभेट एकहजार पाचसय पिस ल्याउदै गर्दा चेकजाँचको क्रममा पक्राउ परेको शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रमुख शसस्त्र प्रहरी निरिक्षक बिर्ख वहादुर शाहीले बताए ।
पक्राउ परेका दुवै आरोपीलाई लागु औषध सहित प्रहरीलाई जिम्मा लगाइएको छ । यता ठुलै परिमाणमा लागु औषध ओसार पसार गर्दै गरेको अवस्थामा पक्राउ परेकोमा शसस्त्र प्रहरीले चेकजाचलाई तिब्रता दिएको छ ।
विगतमा महोत्तरीकै सम्सी नाका लागु औषध तस्करीको ट्रान्जित नाका रहदै आएकोमा विगतमा अन्य नाकाहरुको प्रयोग समेत वढेको हो ।
यता, शसस्त्र प्रहरीकै मरुवाही विओपीले यसै साता ठुलो परिमाणमा विस्फोटक पदार्थ पटाखाहरु नियन्त्रणमा लिएर नष्ट गरिसकेको छ । दिपावली र छठ पर्व नजिकिनै लाग्दा महोत्तरीको विभिन्न नाका प्रयोग गरेर पटाखा तस्करी र लागु औषध तस्करी लगायतका विभिन्न तस्करी बढ्न सक्ने भन्दै जिल्ला स्थित शसस्त्र प्रहरी तथा नेपाल प्रहरीका सवै युनिटहरुलाई तथ सतर्कता अपनाउन र सिमामा निगरानी थप कडा वनाउन निर्देशन दिइएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवालले सिमामा तस्करको हर्कत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सवै गलत गतिविधी नियन्त्रणको लागि सुरक्षा निकायहरुलाई थप सतर्कताका साथ ड्युटी गर्न भनिसकिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…