धनुषाः मोटरसाईकलले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू !
हुलाकी सडक कालोपत्रे भएपछि सो सडकखण्डमा दुर्घटना पनि बढेको स्थानीयहरु बताउँछन् ।

२०७७ कार्तिक ९ आइतबार, बेलुकी ७:१८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकलले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयामा हुलाकी राजमार्ग (सडक) अन्तर्गत माचि टोल स्थित मोटरसाईकलले ठक्कर दिएपछि स्थानीय ५६ बर्षिय गोपाल यादवको मृत्यू भएको हो ।
पश्चिमबाट पूर्व तर्फ गईरहेको प्रदेश–२–०२–००१ त ३१२६ नम्बरको मोटरसाईकलले यादवलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले जानकारी दिए ।
कमला नगरपालिका वडा नं. ३ लगमा बजार स्थित लागेको दुर्गा मेला हेरेर आफ्नो घर तर्फ फर्किरहेको अवस्थामा उनलाई विपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
प्रहरीका अनुसार, ठक्कर दिने चालक मोटरसाईकल लिएर फरार भएको छ भने उनको मोटरसाईकलको अगाडीको भाईजरको मोटरसाईकल नम्बर प्लेट फुटेर घटनास्थलमा खसेपछि स्थानीयहले देखेको थियो ।
सोही मोटरसाईकल नम्बरको आधारमा सो मोटरसाईकल धनुषाको बिदेह नगरपालिका वडा नं. ५ मुडिबाको रहेको बुझिएको छ । मोटरसाईकलमा पछाडी सबार रहेका अन्दाजी बर्ष ४५ का सुजित मण्डल समेत गम्भिर घाईते भएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…