आज राजदेवीको भव्य श्रृँगार हुदै
भोली अष्टिमी तिथि तय हुने गरेकोमा यसपाली कोरोना भन्दै बलीप्रदान कार्यक्रम नहुने महावीर : युवा कमिटि

२०७७ कार्तिक ७ शुक्रबार, बिहान ७:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार (आज) वडा दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याउनुका साथै जनकपुरको राजदेवीमा भव्य श्रृंगार कार्यक्रम हुने भएको छ ।
राजा जनककी कूलदेवी मानिएको शक्तिपीठ राजदेवीमा शुक्रबार बेलुका भव्य श्रृंगारको आयोजना गरिएको आयोजक महावीर युवा कमिटिका अध्यक्ष सँतोष कुमार साहले जानकारी दिए ।
नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ। श्रृंगार साँझ ५ बजेदेखि नै सुरु हुने जनाइएको छ ।
शुक्रबार नै बेलतोरी कार्यक्रम सहित राजदेवीमा भव्य श्रृंगारको आयोजना गरिएको हो । रातीदेखि प्रसाद चढाउने कार्यक्रम समेत सुरु हुने प्रावधान रहेपनि यसपाली कोरोनालाई मध्यनजर गर्दै घटस्थापनादेखि नै प्रसाद चढाउने कार्यक्रम सुरु गरिएको थियो । यद्यपी, सर्वसधारण श्रद्धालुहरु भने शुक्रबार (सप्तमी तिथि) कै दिन प्रसाद चढाउन गाउँ गाउँबाट आएका हुन् ।
हजारौंको सँख्यामा विभिन्न स्थानबाट राजदेवीमा आउने भक्तजनको लागि महावीर युवा कमिटिले भने भीड नियन्त्रण गर्नको लागि स्वयंम सेवक खटाएको छ । यसपाली भने बोकाबलीको लागि भोली अष्टिमी तिथि तय हुने गरेकोमा यसपाली कोरोना भन्दै बलीप्रदान कार्यक्रम नहुने महावीर युवा कमिटिले जनाएको छ ।
घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।
भव्य श्रृंगारमा माता राजदेवीमा वृहत रुपले सरसफाई गरी श्रृंगार गर्ने कार्यक्रम हुन्छ भने महिलाहरु भव्य रुपमा आरती गर्ने गरिन्छ । शुक्रबार राती १२ बजेदेखि नै खोईच भराई कार्यक्रम समेत विधिवत रुपमा सुरु हुने अध्यक्ष साहले जनाए ।
उनका अनुसार खोईच भराई कार्यक्रम अहिले पनि जारी छ । राजा जनककी कुल देवी मानिएको माता राजदेवीमा हजारौं श्रद्धालुगण सप्तमी तिथिका दिन खोईच भराई कार्यक्रम गर्ने गरिन्छ । मन्दिर प्रवेशमा महिलालाई रोक लगाएपछि मन्दिरको पश्मिचपट्टि रहेको टहरामा प्रत्येक वर्ष खोईच भराई कार्यक्रम हुँदै आएको छ ।
सन्तानको दीर्घायू, सन्तानको चाहना र परिवारको दीर्घायू सहित भाकल गरेकी श्रद्धालु महिलाहरुले माता राजदेवीमा खोईच भर्ने गरिन्छ ।
#Rajdevi #Janakpur #Dashain #Bokabali
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…