भोली रातीदेखि नै नेपालमा १८० च्यानलको प्रसारण रोकिँदै
न्यूज ब्यूरो, जनकपुरधाम । भोली शुक्रबार राती १२ देखि नेपालमा प्रशारण हुने करिब १८० बिदेशी च्यानल बन्द हुने अवस्थामा रहेको बताईएको छ । नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएपछि भारत सहित अन्य देश

२०७७ कार्तिक ६ बिहीबार, राति ९:४५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भोली शुक्रबार राती १२ देखि नेपालमा प्रशारण हुने करिब १८० बिदेशी च्यानल बन्द हुने अवस्थामा रहेको बताईएको छ ।
नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएपछि भारत सहित अन्य देशको गरी करिब १८० वटा च्यानल बन्द हुने भएको छ ।
‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।
भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।
कात्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी च्यानल च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।
मन्त्रालयको सूचना

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…