धरान हस्पिटल जस्तै जनकपुरमा 'मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान' बन्ने !
जटिल प्रकृतिको रोग उपचारको लागि करिब अढाई सय किलोमिटरको दुरीमा रहेको धरान जानुपर्ने बाध्यता निरुत्साहित हुने

२०७७ कार्तिक २ आइतबार, बेलुकी ५:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले प्रदेश नं. १ को धरानमा रहेको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै जनकपुरमा पनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भएको छ ।
आईतबारको प्रदेश सभा बैठकबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बन्धी विद्येयक सर्व सहमतिले पारित गरिएपछि जनकपुरको प्रादेशिक अस्पताललाई नै विस्तार गरी सो अवधारणा लागू गर्ने भएको छ ।
हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई यस मधेश स्वास्थय विज्ञान प्रतिष्ठान अन्तरगत राखी धरानको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको जस्तै अबधारणामा प्रदेश सरकारले मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जनकपुरधामको गठन गरेको छ ।
प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नबल किशोर साहको विशेष पहलमा ल्याइएको प्रस्तावमा प्रदेशका साँसदहरुले सर्व सहमति जनाएपछि अब मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएको छ ।
जटिल प्रकृतिको रोग उपचारको लागि करिब अढाई सय किलोमिटरको दुरीमा रहेको धरान जानुपर्ने बाध्यता निरुत्साहित हुने बताईएको छ । धरान जस्तै उपचारको सुविधा जनकपुरमै उपलब्ध हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…