पानीमुनी किन डेटा सेन्टर बनाउन खोज्दै छ माइक्रोसफ्ट ?
सतहमा त्यो वातावरण बढी प्रभावकारी भएको हुनसक्ने अनुमान

२०७७ असोज २८ बुधबार, बिहान ७:२१ बजे१ मिनेट पढाइ

काठमाडौं । स्कटल्याण्डको ओर्कने आइसल्याण्डमा माइक्रोसफ्टले एक वर्ष लगाएर पानीमुनी डेटा सेन्टर सञ्चालन गर्नेबारे अध्ययन सम्पन्न गरेको छ । ‘प्रोजेक्ट न्याटिक’ नाम दिएर पानीमुनी वयर हाउस बनाउने उद्देश्यका साथ कम्पनीले यो वर्षको सुरुवातमा अध्ययन सुरु गरेको थियो ।
एक वर्ष लगाएर गरिएको उक्त अध्ययनको क्रममा पानीमुनी डेटा सेन्टरको लागि आवश्यक पर्ने हावाको मात्रा परीक्षण गरिएको उल्लेख गरिएको छ । उक्त अध्ययनबाट पानीमुनी डेटा सेन्टर सञ्चालनमा ल्याउन सकिने प्रतिवेदन तयार भएको छ ।
प्रतिवेदनमा यस्तो डेटा सेन्टका लागि आवश्यक हावाभन्दा बढी हावाको मात्रा उपलब्ध हुने उल्लेख छ । यतिसम्म कि उक्त अध्ययनले सुख्खा जमिनमा भन्दा पानीमुनी राखिएको डेटा सेन्टर ८ गुणा भरपर्दो हुने उल्लेख गरिएको छ ।
डेटा सेन्टरको लागि कुलिङको आवश्यक पर्ने भएकाले जमिनमा भन्दा पानी मुनीको सतहमा त्यो वातावरण बढी प्रभावकारी भएको हुनसक्ने अनुमान गरिएको छ ।
तर, पनि अध्ययनकर्ताले यसरी सुख्खा जमिनमा भन्दा पानीमुनीको डेटा सेन्टर कसरी भरपर्दो हुने भन्ने विषयमा भने पुनस् अध्ययन गर्ने जनाएका छन् | Techpana.com
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…