सिडिओ भन्छन्, - 'राजदेवीमा बोकाबली हुँदैन, क्लब भन्छ- 'हामी तयार छौं'
यसपाली प्रशासनले क्षमापूजन गरी राजदेवीको पूजा दशैंमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

२०७७ असोज २७ मंगलबार, बेलुकी ५:४३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरको राजदेवीमा हुँदै आएको बोकाबली यसपाली कोरोनाको कारण देखाउँदै स्थानीय प्रशासनले बोकाबली गर्न नदिने अडानमा रहेका छन् ।
गाउँस्तरमा बिशाल मेला निर्वाध रुपमा लगाएपनि जनकपुरमा लाईनमा गरिने बोकाबलीको लागि प्रशासनले भने रातो झण्डी देखाएका छन् । तराई मधेशमा चाडपर्वको समयमा लाग्दै आएको भव्य मेला, समारोह ग्रामिण स्तरमा गत वर्षहरु झै आयोजना भइरहेको छ भने जनकपुरमा त्यस्तो गर्न नदिने प्रशासनको अडान छ ।
सरकारले लकडाउन खोलेपछि जनजीवन समान्य भएपनि बोकाबलीको लागि पनि जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै बोकाबली नगर्न निर्देशन दिएको छ । यसअघि स्थानीय प्रशासन र प्रत्येक वर्ष आयोजक रहँदै आएको महावीर युवा कमिटिबीच बोकाबलीको लागि छलफल भइरहेको बताइएपनि कुनै निष्कर्ष भने आएको छैनन् ।
महावीर युवा कमिटिका अध्यक्ष सँतोष साहले विगत एक सातादेखि दुई दिन पछि÷दुई दिनपछि भनेर पन्छाउने गरेका छन् भने मँगलबार धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेम भट्टराईले बोका नहुने प्रतिक्रिया दिएका छन् ।
यता, कमिटिका अध्यक्ष साहले बोकाबलीको लागि व्यवस्थापन गरी बोकाबली गर्न सकिने प्रतिक्रिया दिएका छन् । उनले प्रशासनले बोकाबलीको लागि अनुमति दिएपछि क्लबको तर्फबाट समाजिक दुरी कायम राख्दै व्यवस्थापन गर्न सकिने बताए ।
बोकाबलीलाई लिएर प्रशासनले जारी गरेको सूचनापछि आम श्रद्धालुहरुमा अलमलता भएको छ । उनीहरुले बोकाबली हुने वा नहुने भनेर अझै अलमलमा रहेका छन् । ग्रामिण भेकमा हजारौंको सँख्यामा मेला भर्न मानिसहरु जम्मा हुँदै आएपनि प्रशासनको नजर जान सकेको छैनन् ।
यद्यपी, विभिन्न सँस्थाहरुले बोकाबलीको विरोध गर्दै आएको छ । यसपाली प्रशासनले क्षमापूजन गरी राजदेवीको पूजा दशैंमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…