तरबारको धार र आगोमा खाली खुट्टा, उम्लिदै गरेको दुधमा हात || आश्चर्य
पासवान समुदायको विशेष पूजा, आस्था र विश्वासको पूजा

२०७४ माघ २५ बिहीबार, बिहान १०:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्युरो ||
सप्तरी, २५ माघ । आस्था र विश्वासका साथ ‘राहु पुजा’ सम्पन्न भएको छ ।
पासवान समुदायको विशेष पूजा मानिएको राहु पूजा कञ्चनपुर निवासी रविलाल पासवानले आयोजना गरिएको थियो ।
राहुपूजा गर्नमा समाज विभिन्न मानिसहरु भुमिका तथा आर्थिक सहयोग समेत रहेका छन् ।
पुजामा जिल्लाका जगतपुर, बदगामा, बरबझिया, रुपनगर, धरमपुर, घोघनपुर, फतेपुर, सुनसरीको इटहरी, मधुवन, तनमुना तथा भारत विहारको बेला, बबुआन, महेपटी लगायत विभिन्न ठाउँबाट दशौं हजार श्रद्धालुहरु राहु पुजामा सहभागी भएका थिए । राहु पुजा तराई मधेशमा मधेसी समुदायले सयौं बर्षदेखि गर्ने गरेका छन् ।
यो पुजा मधेस भित्रका जुनसुकै जाती समुदायले गराए पनि पुजारी भने दुसाध९पासवान०जातकै हुनुपर्ने परम्परा रहेको छ । कञ्चनपुरमा भएको पुजामा सिरहा जिल्ला लहान नगरपालिका १४ बस्तीपुरका छुतहरु पासवानले पुजारी जिम्मेवारी सम्हालेका छन् । सप्तरी कञ्चनपुर फुलीदास चौधरीको खेतमा आयोजना हुने राहु पुजामा पुजास्थलमा मुख्य चार वटा विशेषता रहेको पाईन्छ ।

पहिलो बाँसमा बाधेको तलवारको धारमा टेकेर उभिने, दोश्रो उम्लदै गरेको खीरको भाडोमा हात हालेर खीर चारैतिर छर्किने, तेश्रो बल्दै गरेको आगोमा हिड्ने र चौथोमा भेडालाई दाँतले चेपेर घुमाउने भेडा मरुञ्जेलसम्म नछाड्ने पूजाका विशेष आकर्षण रहने गरेको छ ।
यी चारवटै काम मध्ये तीन काम पुजारी छुतहरु पासवान९भगत०ले गरे भने भेडालाई दातँले काट्ने काम पुजारी चौहमल हरि पासवानले गरेको थियो ।
राहुपुजामा जुनसुकै समुदायका जात मानिस सहभागी तथा पुजा गर्न सकिन्छ भन्दै पुजामा सहभागी भगत कल्याणपुरका बिन्दु पासवाले राहुपूजा माघ पूर्णिमासम्म हुने गरेको जानकारी दिएका छन् । उनका अनुसार राहुपूजा परापूर्वकालदेखि चल्दैआएको छ ।
रविलाल पासवानका छोरा प्रदिप पासवानलाई सन्तान नहुने गरेको तर १० बर्ष अघि सप्तरीको कल्याणपुरमा प्रदिपकै ठुलो बुवाको घर राहुपूजा हुने प्रदिप र प्रदिपको श्रीमतीले सन्तान प्राप्तिकालागि आस्था र विश्वासका साथ भाकल गर्दा सन्तान भएकोले यो पुजा गरिएको प्रदिप पासवानले बताएका छन् ।

प्रदिपलाई अहिले एक छोरा,एक छोरी छन् ।
पूजा गर्न एक साता अगाडी पुजारीलाई निम्तो दिएपछि यो पुजा शुरु हुन्छ । निम्ता पाइसके पछि पुजारी अन्न खाँदैनन् ।
एक साता अघिदेखि नै पुजा गर्ने व्यक्तिको घरमा आएर पुजामा प्रयोग हुने बाँसलाई वसविटीका घारीमा गएर पूजा गरी निम्तो दिने गरिन्छ । उक्त बाँस पूजा हुने काटेर ल्याउने गरिन्छ ।
राहु पूजाको महत्व
निःसन्तानलाई सन्तान प्राप्ति,आवाज गुमेको मानिसलाई आवाज समेत आउने गरेको, विरामीहरु समेत निको हुने जनविश्वास रहेको छ । सूर्य भगवानले अरु कुनै जातीसँग अर्घ नलिई पासवान९दुसाध०जातीसँग मात्र लिएको बताईन्छ ।
दुसाध राहु रहेको जानकारहरु बताउँछन् । पूजारी छुतहरु पासवान र भगत पासवानका अनुसार समुन्द्र मन्थन हुँदा दानवलाई अमृत ग्रहण नगर्नका लागि भगवान बिष्णुले सुन्दरी महिलाको रुप लिई देवता एकतर्फ र दान अर्कोतर्फ राखि अमृत दिने गरेको तर भगवान बिष्णुका छलका कारण एक दानव देवतातर्फ गई अमृत ग्रहण गर्दा गर्दै भगवान बिष्णुले चक्र चलाई कण्ठसम्म अमृत रहँदा राहु नाम रहेको थियो ।
#From_NewsToday
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…