मिर्चैया-कल्याणपुर-सिरहा सडकखण्ड मर्मत गरिँदै
मर्मतको काम थालिएसँगै अब यस भेगका बासिन्दा खुशी भएका छन् ।

२०७७ असोज २५ आइतबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया-कल्याणपुर-सिरहा सडकखण्ड मर्मतसम्भारको काम थालिएको छ ।
सरोकारवाला निकायको उदासीनताले लामो समयदेखि जर्जर अवस्थामा रहेको सो सडकखण्ड मर्मत कार्य अघि बढेको हो । प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा सडक मर्मतको काम सुरु भएको छ ।
मिर्चैयामा पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सिरहा सदरमुकामसम्मको २४ किलोमिटर सडकखण्ड ठाउँठाउँमा भत्किएर जीर्ण बनेको थियो । यस क्षेत्रको लाइफलाइन मानिने यो सडक जीर्ण हुँदा सार्वजनिक यातायातको सबारी साधन तथा अन्य सबारीहरु पनि चल्न निकै कठिनाइ हुँदै आएको थियो ।
तर, मर्मतको काम थालिएसँगै अब यस भेगका बासिन्दा खुशी भएका छन् । मन्त्रालयले सडक मर्मतसम्भारका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिदिएपछि पूर्वाधार विकास कार्यालय सिरहाले मार्फतको काम गरिरहेकोे छ ।
निकै ब्यस्त रहने यो सडकखण्ड जीर्ण बनेर सर्वसाधारणलाई सास्ती खेप्न परेपछि सिरहा ४ (ख) का प्रदेशसभा सदस्यसमेत रहेका प्रदेश २ उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले सडक मर्मतका लागि पहल गरेका थिए । उनकै पहलमा मर्मतको कार्य अघि बढेको हो ।
सडक मर्मतको कार्य १० दिन भित्रै सकाउने गरी काम गर्न निर्देशन दिएको र समयसीमा भित्रै कार्य सम्पन्न हुनेमा आफू विश्वस्त रहेको राज्यमन्त्री मण्डलको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…