मोडर्न मुडमा प्रवेश मल्लिकको 'जाट–जटिन' मा र्याप
न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडसम्म आफ्नो सँगीत भरेका जनकपुरका चर्चित सँगीतकार प्रवेश मल्लिकले पौराणिककालको जाट जटिन गीतलाई नयाँ भर्सनमा ढालेका छन् । कैयौं वर्षदेखि तराई मधेशको गाउँ–गाउँ सहित शहरमा समेत लोकनाचको परम्परालाई कायम राख्दै आएको जाट जटिनको नयाँ भर्सनले युवा पुस्तालाई झन उत्साहित गरेको छ

२०७७ असोज २३ शुक्रबार, बिहान १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडसम्म आफ्नो सँगीत भरेका जनकपुरका चर्चित सँगीतकार प्रवेश मल्लिकले पौराणिककालको जाट जटिन गीतलाई नयाँ भर्सनमा ढालेका छन् ।
कैयौं वर्षदेखि तराई मधेशको गाउँ–गाउँ सहित शहरमा समेत लोकनाचको परम्परालाई कायम राख्दै आएको जाट जटिनको नयाँ भर्सनले युवा पुस्तालाई झन उत्साहित गरेको छ । पुरानो भर्सनको मनमोहकमा पनि सुस्ताउँदै गएको जाट जटिनको नाच र गीतलाई सँगीतकार प्रवेश मल्लिकले पुनः रिफ्रेस गरेका छन् ।
सँगीतकार मल्लिकले आफ्नो नीजि युटुब च्यानल (PRAVESH MALLICK) बाट सो भिडियोलाई रिलिज गरेका हुन् । यद्यपी, जनकपुरकै दिग्गज गायक सुनिल मल्लिक, आभाष लाभ तथा गायिक रश्मी दत्तले गाएको पुरानो जट जटिन गीतको भाव, भावना र शब्दसँगीत मोह भने नयाँ भर्सनभन्दा लोकप्रिय छ ।
पुरानो जाट जटिनमा पनि प्रवेश मल्लिकले सँगीत भरेका छन् । अहिले पनि गाउँहरुमा पुरानो जाट जटिनको गीत चलिरहेको बेला आउँदो चाड पर्व र दशैं तिहारमा नयाँ भर्सनको जाट जटिन मन पराउने विश्वास सँगीतकार मल्लिकको छ ।
प्रवेश मल्लिक प्रोडक्सन र नवरसको प्रस्तुती जट–जटिनको नयाँ भर्सन गीतमा नेहा प्रियदर्शनीको स्वर रहेको छ भने प्रवेस मल्लिकको र्याप रहेको छ। जनकपुरधामका प्रवेश मल्लिक बलिउड र नेपाली चलचित्रका चर्चित संगीतकार एवं गायक हुन्। प्रवेश मल्लिककै यसअघि 'ई छै जनकपुर' भन्ने बोलको भिडियो गीत तराई मधेशमा निकै चर्चा पाएको थियो ।
प्रवेश र अमृता मल्लिकको कन्सेप्टमा बनेको भिडियोमा प्रकृति दिक्षा, सोनाम प्रिया, अनुपमा झा, असिति झाको नृत्य रहेको छ।
आदित्य झा, अनुराग चौधरी, सन्नी राउत, राजु राउत, दीपक झा र गोविन्द साहको पनि नृत्य रहेको छ। रामनारायण ठाकुर र सुनिता पासवानको पनि आतिथ्य भूमिमा भिडियोमा देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…