डा. केसीको जीवनरक्षाका निम्ति मधेशमा एकदिने भोक हड्ताल
सकारात्मक संदेश दिनको लागि मधेशका सबै जिल्ला र ठाउँमा एकदिने भोक हड्ताल गर्न आग्रह

२०७७ असोज २३ शुक्रबार, बिहान ७:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । चिकित्सा क्षेत्रमा सुधारका निम्ति अनशनरत डा. गोविन्द केसीको समर्थनमा मधेशका युवाहरु एक दिने भोक हडताल गर्ने भएका छन् ।
सो क्रममा प्रदेश नं. २ को सिरहा जिल्लामा युवाहरूले एकदिने भोक हड्ताल गर्ने भएका छन् । डा. केसीको अनशनप्रति एक्यवद्धता जनाउँदै उनको जीवन रक्षाको लागि सरकारमाथि दवाव सृजना गराउने धेयले युवाहरू एकदिने अनशन बस्न लागेका हुन् ।
उनीहरू आउँदो २४ गते शनिबार गोलबजारस्थित गोलपार्क अगाडि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म अनशन बस्दैछन् । “मधेश विथ डा. केसी” को नारासहित बस्न लागिएको अनशनमा २० जनाबढी युवाहरुको सहभागिता रहने युवा समूहका आभाष गुरुले जानकारी दिए ।
डा. केसीको माग जनताको हितका लागि भएपनि सरकार उदासीन र गैरजिम्मेवार बन्दै डा. केसीलाई मार्न खोजिएको भन्दै आफूहरूले यस्तो कार्यक्रम आयोजना गर्न लागेको उनले बताए ।
मानवता र मनावाधिकारको रक्षा र मधेशबाट एक किसिमको सकारात्मक संदेश दिनको लागि मधेशका सबै जिल्ला र ठाउँमा एकदिने भोक हड्ताल गर्न आग्रह पनि गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…