भ्यालेन्टाइन डे विशेष || आज प्रोपोज डे
न्यूज ब्युरो || जनकपुरधाम, २५ माघ । प्रणय दिवस अर्थात प्रेम दिवस सप्ताहको दोस्रो दिन आज प्रोपोज डे रहेको छ । भ्यालेन्टाइन डे विक भनेर प्रत्येक ईस्वी सम्वत फेबररी ७ देखि सुरु भइ फेबररी १४ सम्म युवायुवतिले मनाउने गरिन्छ । आजको दिन हिजो गुलाफ प्रदान गरेका युवायुवतिले मनको कुरा भन्ने गरिन्छ । आजको दिन क

२०७४ माघ २५ बिहीबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
जनकपुरधाम, २५ माघ ।
प्रणय दिवस अर्थात प्रेम दिवस सप्ताहको दोस्रो दिन आज प्रोपोज डे रहेको छ ।
भ्यालेन्टाइन डे विक भनेर प्रत्येक ईस्वी सम्वत फेबररी ७ देखि सुरु भइ फेबररी १४ सम्म युवायुवतिले मनाउने गरिन्छ ।
आजको दिन हिजो गुलाफ प्रदान गरेका युवायुवतिले मनको कुरा भन्ने गरिन्छ । आजको दिन कसौई मनको कुरा अर्थात् प्रेम प्रस्ताव राखेपछि अस्विकार नगर्ने भन्ने चलन भएपनि व्यवहार र सत्यतामा भने त्यस्तो होइन ।
अघि देखि नै केटा साथी भएका युवति तथा केटी साथी भएका युवा पनि आजको दिन बाहिर निस्कने भएकोले एकतर्फा प्रेम गर्दै एक आपसमा प्रस्ताव गरेपनि धेरैजसो अस्विकार हुने गरिन्छ ।
हृदयदेखि आफै उत्पन्न हुने प्रेमलाई आजको युवायुवतिहरुले कृतिम बनाएको देखिएको छ ।
फिल्मी स्टाइलमा मनाउने प्रेम दिवस फिल्मझैँ ३ घण्टा नटिक्ने पनि भएको देखिएको छ ।
बरु, विना भ्यालेन्टाइन डेको प्रतिक्षामा मिलेको मनलाई विछोड गर्न गाह्रो हुन्छ भने आजका दिन गरिएको प्रस्ताव टुटने सम्भावना प्रवल हुन्छ ।
पश्चिमी सभ्यता देशमा भित्रयाएको भन्दै सँस्कृति विदहरुले यसलाई नाकारात्म रुपमा लिएको छ ।
नेपाली सँस्कृतिमा पश्चिमी सभ्यता लादनको लागि अहिलेका युवायुवतिहरुले यस सभ्यतालाई प्रश्रय दिनु दुःखद रहेको बताइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…