४६ बोतल कोरेक्स ड्रग्स सहित एक युवक पक्राउ
न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाबाट एक युवक ड्रग्स (लागु औषध) सहित पक्राउ परेका छन् । पर्सा जिल्लाको बीरगँज महानगरपालिका वडा नं. १७ अलौ स्थित प्रहरी चौकी सिर्सिया, पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा युवकलाई ड्रग्स सहित पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेको प्

२०७७ असोज २२ बिहीबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाबाट एक युवक ड्रग्स (लागु औषध) सहित पक्राउ परेका छन् ।
पर्सा जिल्लाको बीरगँज महानगरपालिका वडा नं. १७ अलौ स्थित प्रहरी चौकी सिर्सिया, पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा युवकलाई ड्रग्स सहित पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेको प्रदेश ३–०३–००१ प ६५०९ नम्बरको मोटरसाईकललाई रोकि चेकजाँच गर्दा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ९ एचआईडी बस्ने राजु थापाको छोरा बर्ष २० को अशोक थापा रहेका छन् ।
उनको साथबाट नाईट्रोभेट ट्याब्लेट–५ पत्ता (७५ पिस) र कोरेक्स ४६ बोतल फेला परेको छ । थापालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भईरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…