चौधरी आँखा अस्पताल लहानको शाखा अब धनुषाधाममै
आज हामि आफनै घरमा आँखा र कान उपचारको सेवा पाउने भयो सहयोगि सबै लाई आत्मा देखि धन्यवाद - उपमेयर भुजेल

२०७७ असोज २२ बिहीबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चौधरी आँखा अस्पताल लहानको शाखा धनुषाको धनुषाधाम बजारमै स्थापना गरिएको छ ।
एक कार्यक्रमबीच धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सो शाखा अस्पतालको उदघाटन गरेका छन् । विहिबार बिश्व दृष्टि दिवसको उपलक्ष्यमा आँखा तथा कान उपचार केन्द्र, नेपाल नेत्र ज्योति संघ, सागरमाथा चौधरी आँखा अस्पतालको शाखा कार्यालय प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको हो ।
धनुषाधाम नगरपालिका ३ धनुषाधाम बजारमै रहेको प्राथमिक स्वासथ्य केन्द्रको भवनमा आँखा अस्पतालको शाखा स्थापना गरिएको हो । सो क्रममा मेयर मण्डलले स्वास्थ्य क्षेत्रका लागी मुख्य अंग मानिने आँखा र कानको लागि विभिन्न समयमा उपयुक्त सेवा नपाएर सिरहाको लहानसम्म जानुपर्ने बाध्यता न्यून हुने बताए ।
आँखा अस्पतालको सुबिधायुक्त उपचार र सेवा सुविधाका लागी बिशेष प्राथमिकता राखी सागरमाथा चौधरी आँखा अस्पताल लहान संग समन्वय गरी शाखा कार्यालय स्थापना गर्न सफल भएको भन्दै मेयर मण्डलले शाखाबाट छिमेकी स्थानीय तह (पालिका) का बासिन्दा समेत लाभान्वित हुने दाबी गरे ।
कार्यक्रममा सागरमाथा चौधरी आँखा अस्पताल लहान अ.व्य.समिति अध्यक्ष रविन्द्र लाल चाधरी , मेडिकल सुपरिटेन्डेन्ट डा.संजय कुमार सिहं लगायत अस्पतालका टोलिलाई नगर उपप्रमुख विध्या देवि भुजेल अबिर चादर अोढाई सम्मान गरिन ।
सम्मान गर्दै उपप्रमुख भुजेलले भनिन्– “एकदमै हर्षित र खुसि छौ, आज हामि आफनै घरमा आँखा र कान उपचारको सेवा पाउने भयो सहयोगि सबै लाई आत्मा देखि धन्यवाद दिन चाहन्छु ।" साथै नगरवासीमा लाभान्वित हुन आग्रह समेत गर्दछु ।
कार्यक्रममा प्रशासकिय अधिकृत संजित प्रसाद दास, लेखा प्रमुख प्रशान्त देव यादव ,नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिश्वनाथ यादव ,३ का राजकिशोर साह ,४ का परिक्षण यादव ,५ का ईन्द्र कुमार महतो लगागत विभिन्न स्वाथय संस्थाका स्वास्थयकर्मिहरुको उपस्थिति रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…