विद्यार्थी जनमत संघद्वारा दौड प्रतियोगिता
प्रतियोगितामा सहभागी मध्ये छात्र तर्फ ३ जना र छात्रा तर्फ ३ जना विजेता बनेका छन् ।

२०७७ असोज १९ सोमबार, राति ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विद्यार्थी जनमत संघ सिरहाले दौड प्रतियोगिता कार्यक्रम गरेको छ ।
कल्याणपुरको प्रसाही माविको प्रांगनमा विद्यार्थी जनमत संघ, सिरहा कल्याणपुरले दौड प्रतियोगिता गरेको हो ।
नयाँ पुस्तालाई खेलप्रतिको अभिरुची बढाउने उद्देश्यले आयोजना गरिएको ३ हजार मिटरको दौड प्रतियोगितामा सहभागी मध्ये छात्र तर्फ ३ जना र छात्रा तर्फ ३ जना विजेता बनेका छन् ।
जसमा छात्र तर्फ अक्षय मण्डल प्रथम, प्रमोद मण्डल द्वितीय र श्याम यादव तृतीय बनेका छन् भने छात्रा तर्फ शिभा कुमारी यादव प्रथम, नितु कुमारी मण्डल द्वितीय र रुञ्ची कुमारी मण्डल तृतीय बनेकी छन् ।
विजेताहरुलाई पुरस्कारसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा छात्र ४४ जना र छात्रा ११ जना गरी जम्मा ५५ जनाले भाग लिएका थिए ।
कार्यक्रममा विद्यार्थी जनमत संघका केन्द्रीय अध्यक्ष पोषण यादव, संघका सिरहा अध्यक्ष अरविन्द सहनी, संघका रोशन यादव, जिल्ला सचीव रामअधीन यादव तथा जनमतका बलराम मण्डल लगायतको उपस्थिती थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…