पूर्व साँसद सँजय साह 'टकला' लाई सजायमा राहत
स्रोत नखुलेको १९ करोड ४४ लाखलाई गैरकानुनी आर्जन भनी भ्रष्टाचार ठहर गरेको

२०७७ असोज १८ आइतबार, दिउँसो ३:२० बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वराज्यमन्त्री सञ्जय साह टक्लामाथि दायर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका छुट्टाछुट्टै अभियोगमाथि व्याख्या गर्ने क्रममा विशेष अदालतले दुवै फरक–फरक प्रकृतिको कसुर भएकाले एउटामा मुद्दा चलेकैले अर्को कसुरमा मुद्दा चलाउन बाधा नहुने फैसला गरेको हो । यो समाचार कान्तीपुर दैनिकको अनलाईन सँस्करणमा पत्रकार कृष्ण ज्ञवालीले लेखेका छन् ।
आफूमाथि दुइटा मुद्दा लागेपछि साह भ्रष्टाचारको मुद्दा चलेकाले त्यही प्रकृतिको सम्पत्ति शुद्धीकरणको अभियोग लगाएर आफूमाथि एकै कसुरमा दुईपटक मुद्दा चलाउन खोजेको भन्दै अदालत गएका थिए ।
भ्रष्टाचारको गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणको दुवै अभियोगमा व्यक्तिले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेरनगरेको हेरिन्छ । सार्वजनिक पदमा भएकाहरूका लागि भ्रष्टाचारको गैरकानुनी अभियोग आकर्षित हुन्छ भने अरूका हकमा सम्पत्ति शुद्धीकरणको अभियोग आकर्षित हुन्छ । ईकान्तीपुर डटकमा समाचार प्रकाशित भएको छ ।
विशेष अदालतका सदस्यहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले छुट्टाछुट्टै ऐनअन्तर्गतको कसुरमा छुट्टाछुट्टै अनुसन्धान गरी मुद्दा चलाउन र अदालतबाट निर्णय गर्न कुनै बाधा नहुने भन्दै सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको आरोपमा छुट्टाछुट्टै अनुसन्धान गरी मुद्दा चलाउन मिल्ने फैसला गरेको हो । विशेष अदालतले सम्पत्ति शुद्धीकरण निवारण ऐन जारी हुनुभन्दा अघिको आर्जनको सवालमा दोषी ठहर गर्न नमिल्ने फैसला गरेको छ ।
गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पूर्वमन्त्री साहलाई २ वर्ष कैद सजाय सुनाएको थियो । साहले महत्त्वपूर्ण सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले थप त्यति नै वर्ष कैद किटान गरेर चार वर्षको कैद सजायको फैसला गरेको थियो ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा ५ वर्ष कैद सजाय सुनाएको छ । फौजदारी कानुनअनुसार, ठूलो अभियोगको सजायका क्रममा कैद बस्दा छुट्टै अभियोगको कम सजाय पनि स्वतः त्यसमा खप्टिन्छ । यसअघि नै साह ज्यान मुद्दामा परेर कैद सजाय भोगिरहेकाले भ्रष्टाचारको अभियोगबाट फेरि थप कैद बस्नु पर्दैन भनेर पत्रकार ज्ञवालीले सो समाचार कान्तिपुरमा लेखेका हुन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…