धनुषाः नहरमा फेला पर्यो अपाचे मोटरसाईकल
दुर्घटना भएर नहरमा गएको हुन सक्ने वा कसैले चोरी गरी सो मोटरसाईकल लुकाउन खोजेको हुन सक्ने

२०७७ असोज १७ शनिबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एक नहरमा बेबारिसे अवस्थामा एक मोटरसाईकल फेला परेको छ ।
कमला नगरपालिका वडा नं. २ तेलियाहा र वडा नं. ३ पर्ने लगमाको बीचमा रहेको सार्वजनिक नहरमा सो मोटरसाईकल फेला परेको हो । ज १० प ८३२८ नम्बरको सो अपाचे मोटरसाईकल नहरमा डुबेको अवस्थामा फेला परेको हो ।
खेततर्फ निस्केका स्थानीयहरुले मोटरसाईकलको केही भाग देखेपछि त्यसलाई नहरबाट बाहिर निकालेको थियो । १८० सिसिको सो मोटरसाईकल कसको रहेको बारे अझै पत्तो हुन सकेको छैनन् भने ईलाका प्रहरी कार्यालय खजुरीले यसबारे थाहा नभएको बताएका छन् ।
यता, सो गाडी स्थानीयहरुले नै लगेको बताइएको छ । यद्यपी, सो गाडी कसले लगेको बारे अझै जानकारी आएको छैनन् । मोटरसाईकल दुर्घटना भएर नहरमा गएको हुन सक्ने वा कसैले चोरी गरी सो मोटरसाईकल लुकाउन खोजेको हुन सक्ने बुझिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…