प्रहरीमा जागिर लगाइदिने भन्दै लाखौं उठाएका नक्कली ईन्स्पेक्टर पक्राउ
कुल ३,६१,००० रुपैयाँ ठगी गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

२०७७ असोज १५ बिहीबार, बिहान ११:०४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रहरीमा भर्ना गरिदिने भनी परीक्षार्थीहरुलाई ठगी गर्ने एक नक्कली प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) पक्राउ परेका छन् ।
प्रदेश नं. २ को पर्सा जिल्लाको वीरगँज महानगरापालिका वडा नं. १६ स्थित रहेको देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा संचालन भइरहेको भन्दै बिशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले नक्कली ईन्स्पेक्टरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको प्रहरी कार्यालय विर्ताबाट प्रहरी अधिकृत समेतको प्रहरी टोली खटि गई सोधपुछ गर्दा उक्त स्थानमा बारा, पर्सा र सर्लाही समेतका परीक्षार्थी २१ जना सम्मिलित रहेको अवस्थामा नक्कली ईन्सपेक्टर बनेका अजय कुमार रायलाई पक्राउ गरिएको हो ।
परीक्षा संचालनमा सहयोग गर्ने प्रयोजनको लागि बिभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएर रायले उक्त परीक्षा दिने परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि प्रहरी चौकी परवानीपुर, ईलाका प्रहरी कार्यालय नगवा पर्सामा गई ईन्सपेक्टर हुँ भनी धाक लगाउँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराबाट मिति २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा निजलाई पुर्पक्षको लागि ११० दिन बीरगंज कारागार कैद सजाय भुक्तान गरेको जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ चौधरी टोल बस्ने राश विहारी राय यादवको छोरा बर्ष २९ को अजय कुमार रायलाई ईन्स्कपेक्टरकै ड्रेसमा पक्राउ गरिएको हो ।
रायसँग निरीक्षक पोशाकमा नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान–२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान–२१, ऐ।को प्रश्न पत्र थान–२६ खरिदारको प्रवेश पत्र थान–१ सहित निजलाई प्रहरी निरीक्षक पोशाकमै पक्राउ गरी ल्याएको छ ।
यसका साथै, उक्त परीक्षा हलबाटै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ बस्ने बर्ष ५७ को हिरालाल महतो, बर्ष २८ को बसन्त चौधरी, पर्सा बीरगँज १६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा बस्ने बर्ष ४७ को शिव नारायण चौरसिया, बीरगँज २७ रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया समेतलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले नक्कली अफिसर बनेर बाराको कोल्बी नगरपालिका वडा नं. ७ धोधरपा बस्ने बर्ष २१ को राजेश रामसंग रु. २०,०००, बीरगँज २ छप्कैया बस्ने बर्ष २३ को सुनिल महतोसंग रू. १,०००, पर्सा बहुदरमाई नपा वडा नं. ४ बस्ने बर्ष २३ को जितेन्द्र महतोसंग रु. १,०००, पर्सा पर्सागढी न।पा।वडा नं।१ बस्ने बर्ष २६ को रामकिशोर राई थारुसंग रु. १,०००, बीरगँज ३१ बस्ने बर्ष २६ को सुनिल शर्मासंग रु.२६,०००, बर्ष २७ को सन्तोष रामसंग रु.२५,०००, बर्ष २६ को अशोक साह तेलीसंग रु.२१,०००, जि. बारा जितपुर, सिमरा ११ बस्ने बर्ष २८ को राम प्रवेश रामसंग रु.२१,०००, बीरगँज ३२ बस्ने बर्ष २५ को राजन कुमार पटेलसंग रु. ३५,०००, बारा जितपुर सिमरा ७ बस्ने बर्ष २१ को शत्रुधन साह कलवारसंग रु.१५,०००, पर्सा छिपहरमाई १ बस्ने बर्ष १९ को संजय कुमार साहसंग रु. २४,०००, पर्सा पकाहामैनपुर ४ बस्ने बर्ष १९ को राकेश चौरसियासंग रु. १,५०,०००।– परीक्षामा उतिर्ण भए पश्चात लिने कुरा भएको बताइएको छ ।
यस्तै, जिल्ला पर्साको बीरगँज १६ बस्ने बर्ष २० को अरबिन्द कुमार चौरसियासंग रु.२१,००० गरी कुल ३,६१,००० रुपैयाँ ठगी गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…