जनकपुरः माछा मार्ने विषयमा झडप, तीन जना घाईते !
कुटपिट गरेको भनेपछि समूहमा आएका आफन्तजन र भुलुरको परिवारबीच झडप

२०७७ असोज १० शनिबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा माछा मार्ने विषयमा दुई पक्षबीच झडप हुँदा तीन जना घाईते भएका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नं. १३ स्थित माछा मार्ने बिषयमा भनाभन हुँदै केही बेरमा उग्र रुप लिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडपमा तीन जनाको टाउकोमा चोट लागेको जनाइएको छ ।
सबैला नगरपालिकाको वडा नं. ४ र वडा नं. १३ को बीचमा रहेको कुलो (पैनी) मा माछा फँसाउन लगाएको चचरी (कोईना) मा फँसेको माछा स्थानीय एक जनाले चोरेपछि झगडा हुन गएको प्रहरीको भनाई छ ।
समान्य झगडा झडपमा परिणत भएपछि सबैला नगरपालिका वडा नं. १३ बस्ने सजन पासवान, वडा नं. ४ बस्ने सँजीव यादव र वडा नं. १३ कै जीवछ पासवान गरी ३ जना घाईते भएको हो । सो घटनामा सजन पासवानको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सबैला ४ बस्ने स्थानीय भुलुर कुमरले माछा फँसाउन लगाएको चचरीबाट जीवछका आफन्तजनले माछा चोरेपछि उनलाई चचरी मालिक भुलुरले कुटपिट गरेका थिए । त्यसपछि गाउँ गएर आफूलाई कुटपिट गरेको भनेपछि समूहमा आएका आफन्तजन र भुलुरको परिवारबीच झडप भएको थियो ।
जीवछ र सँजीवलाई स्थानीय स्तरमा उपचारपछि घर फर्काइएको छ भने सजन पासवानलाई गम्भिर चोट लागेको कारण थप उपचारको लागि शुक्रबार राती नै प्रादेशिक अस्पताल जनकपुर ल्याएको स्थानीय मनोज पासवानले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…