रौतहटमा फेरी किसानहरुको आन्दोलन
न्यूज ब्यूरो, रौतहट । रौतहटमा फेरि आन्दोलन रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स सन्चालन गर्नुपर्ने माग सहित एक समुहले रौतहटका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका छन। कुनै छलफल र बिचार बिमर्श बिना नै मिल बन्द गरेको आरोप लगाउदै उखु उत्पादक संघ रौतहटले प्रमुख जिल्ला अधिकारी इन्द्र देब याद

२०७७ असोज ८ बिहीबार, दिउँसो २:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा फेरि आन्दोलन रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स सन्चालन गर्नुपर्ने माग सहित एक समुहले रौतहटका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका छन।
कुनै छलफल र बिचार बिमर्श बिना नै मिल बन्द गरेको आरोप लगाउदै उखु उत्पादक संघ रौतहटले प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादबलाई मिल संचालन गर्न ज्ञापन पत्र बुझाएका हुन। मिल बन्द भएपछि सो मिलका कामदारहरुको परिवार बिचल्लीमा पर्नुको साथै पाउनु पर्ने भुक्तानी रकम समेत मिलले भुक्तानी नगर्ने संघको ठहर रहेको छ ।
मिल सञ्चालक र उखु किसानबिच भएको सहमति अनुसार गत चैत्र मसान्तसम्म दिनु पर्ने भुक्तानी अझै बाकी रहेको र श्रमिक मजदुरको उपदान , क्षतिपुर्ति तथा सञ्चयकोष समेत हालसम्म उपलब्ध नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उखु किसानहरुले मिलबाट पाउनु पर्ने ४१ करोड ३ दिनभित्र पाउनु पर्ने , उद्योगबाट पाउनु पर्ने उपदान , क्षतिपुर्ति तथा सञ्चयकोष रकम यथासिध्र उपलब्ध गराउनु पर्ने र उखु किसान , उद्योगपति र नेपाल सरकारको समन्वयमा मिल पुन सञ्चालनमा ल्याउनु पर्ने संघले माग गरेको छ । यी मागहरुलाई २०७७ असोज ९ गतेसम्म सुनुवाइ नभएमा १० गतेबाट आन्दोलनका कार्यक्रम समेत गर्ने जनाएको छ ।
संघको मागहरु प्रति बेवास्ता गरे १० गतेबाट सडक संघर्षको कार्यक्रमसमेत ज्ञापन पत्रमार्फत नै सार्वजनिक गरेको छ । संघर्षका कार्यक्रम अनुसार १० गते शनिबार दिउसो १ बजेदेखि २ बजेसम्म १ घण्टा श्री राम सुगर मिल्स अगाडी राजमार्ग बन्द गर्ने , ११ गते आइतबार १ बजेदेखि ३ बजेसम्म २ घण्टा चक्का जाम गर्ने र १२ गते सोमबार १ बजेदेखि ४ बजेसम्म ३ घण्टा चक्का जाम गर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ । सोही दिन कडा संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गर्ने उखु उत्पादक संघ रौतहटले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…