जनकपुरका यी डाक्टर, जसले प्रदेश ७ को स्वास्थ्य क्षेत्रमै नयाँ क्रान्ती ल्याए
उनले ती सेवा योगदान गरे पनि उहाँको प्रमुख योगदान भनेपछि laproscopic क्षेत्रमा हो।

२०७७ असोज ८ बिहीबार, बिहान ९:३४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी एवम् जानकी नगरी भनेर चिनिएको जनकपुरका एक डाक्टरले सँघीय नेपालको प्रदेश नं. ७ को स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ती ल्याएका छन् ।
प्रदेश नं. ७ को डडेल्धुरा अस्पतालको प्रसुती तथा स्त्री रोग विभागको प्रमुखका जिम्मेवारी सम्हालेका जनकपुरका डा. राजन साह निकै कम समयमा अस्पतालको मुहार फेरिदिएका हुन् । त्यो अस्पतालसँगै प्रदेश नं. ७ कै स्वास्थ्य क्षेत्रमा क्रान्ती ल्याउन सफल भएको भनेर विभिन्न सँचारमाध्यमहरुमा उनको सफलताको कथाहरु प्रकाशित भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया बस्ने डा. राजन साह डडेल्धुरा अस्पतालको दयनीय अवस्थालाई निकै बलियो बनाउन सफल भएका छन् । पिता योगेन्द्रप्रसाद साह तथा आमा शकुन्तला देवी कोखबाट २०४७ सालमा प्रदेश नं. २ को सप्तरी राजविराजमा जन्मेका डा. साहले केही बर्षअघि जटिलटताको सामना गरिरहेको डडेल्धुरा अस्पतालले अहिले ख्याती कमाएको छ ।
वि.सं. २०७२ सालमा जानकी मेडिकल कलेज जनकपुरबाट एमबीबीएस पूरा गरी २०७६ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट प्रसूति तथा स्त्री रोग बिषयमा बिशेषज्ञता हासिल गरेका डा. साहले दुईवर्ष छात्रवृत्ति करार पूरा गर्नुपर्ने हुँदा उनले आफ्नो जन्मभुमी अर्थात २ नम्बर प्रदेशलाई आफ्नो कर्मभूमी बनाउने सपना बोके पनि समय अनुकूल नभएको हुनाले उनलाई ७ नम्बर प्रदेशको संघीय अस्पताल अर्थात् डडेल्धुरा अस्पतालमा पठाइयो।

माघ १ गते डडेलधुरा पुगेका डाक्टर शाह, अस्पतालका प्रसूति तथा स्त्री रोग विभागका प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गर्न नियुक्त भए । डडेल्धुरा अस्पताल वरिपरिका ७ जिल्लाका केन्द्रविन्दु अस्पताल र एक संघीय अस्पताल भएपनि अस्पतालको अवस्था हेर्दा त्यतिखेर अत्यन्त जटिल र दयनीय थियो।
विगतमा भएका केही घटनाहरुले गर्दा त्यस अस्पतालले बिरामी प्रतिको जुन विश्वास हुन्छ त्यो गुमाइसकेको अवस्थामा पनि कठिन परिस्थितिमा अस्पताल आइपुग्दा पनि उनले अस्पतालमा भएका चुनौतीलाई एक अवसरको रुपमा लिएर अस्पतालको मुहार नै फेरिदिए ।
डा. साहले कसरी स्वासथ्य क्षेत्रमा क्रान्ती ल्याए ?
प्रसुती सेवालाई विस्तार र प्रभावकारी बनाउने उनको पहिलो उद्देश्य थियो। उनको आगमनको एक- दुई महिना मै प्रसूति सेवा पाउने बिरामीहरूको मात्र दुई तीन गुणाले बढेको पाइयो र साथै शल्यक्रिया गरेर बच्चा पाउने अर्थात् caesarean section को संख्या पनि तीन गुणाले बढेको पाइयो।
उनको दोस्रो उद्देश्यमा स्त्री रोग सम्बन्धीको सेवालाई विस्तार गर्नुथियो। पाठेघरबाट धेरै रगत बग्ने ,पाठेघरको मुखमा घाउ भएको, पाठेघरमा मासुको डल्ला पलाएको वा अण्डामा cyst वा पानीको थैलो पलाएका, dermoid इति आदि सम्पूर्ण बिरामीहरूको उपचार सफलतापूर्वक डडेल्धुरा अस्पतालमै गर्न थाले ।

अहिले जटिलभन्दा जटिल शल्यक्रिया अस्पतालमा गरेर सुदूरपश्चिममा आफ्नो छुट्टै पहिचान कायम गरिसक्नु भएको छ। उनले infertility सेवा विस्तार गरी कतिपय निःसन्तान जोडीहरुलाई सन्तानको सुख
आवद्ध गराए।
उनले ती सेवा योगदान गरे पनि उहाँको प्रमुख योगदान भनेपछि laproscopic क्षेत्रमा हो।
laproscopy भनेपछि दुरविन मार्फत गरिने शल्यक्रिया हो। उनी ७ नम्बर प्रदेश को दूरबीन मार्फत पाठेघरको शल्यक्रिया गर्ने पहिलो चिकित्सक हुन्। उनी भन्छन् - "laproscopy मेरो एक प्रमुख चाहनाको विषय हो। निमित्त मेसु डाक्टर जगदीश चन्द्र विष्ट र अस्पताल टिम सहयोगमा laproscopy अस्पतालमा भित्रियायो। hand instruments देखि लिएर carbondioxide cylinder, co2 sensor सम्म एउटा एउटा सामग्री जुटाउन एकदमै गाह्रो भयो र साथै कोरनाको महामारीले गर्दाखेरि झन यो स्थितिमा यस्तो दुर्गम ठाउँमा अझै त्यसले अप्ठ्यारो पर्यो। अन्तमा सुदूरपश्चिम मै पहिलोपटक पाठेघरको शल्यक्रिया लेप्रोस्कोपी मार्फत गर्न पाउँदा म लगयत मेरो सम्पूर्ण टिम हर्षित छौ । विगत दश दिनमा हामीले चारजनाको दुरविन मार्फतबाट चारजनाको पाठेघरका शल्यक्रिया गरिसकेका छौं।"
भविष्यमा infertility वा निसन्तानको सेवा विस्तार गर्ने र पाठेघर वा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सुरु गर्ने उदेश्यका साथ निरन्तर र निकै कम समयमा प्रदेश नं. ७ को स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याइदिएको डा. साह मधेशवासीको लागि गर्वको अनुभूति गराएका छन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…