काठमान्डौं जाने नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
न्यूज ब्यूरो, चितवन । राजधानी काठमान्डौं जाने नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । उक्त सडकखण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्र

२०७७ असोज ८ बिहीबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, चितवन । राजधानी काठमान्डौं जाने नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । उक्त सडकखण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको हो ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो ।
सोहि स्थानमा बुधबार दिउँसो ४:३० बजे पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो ।
यता, पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ । साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो ।
केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…