सिरहाको ५०७ कैदीमा कोरोना
न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहामा एकैपटक ५ सय ७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमा भाइरसमा सँक्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका

२०७७ असोज ७ बुधबार, दिउँसो १:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहामा एकैपटक ५ सय ७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उनीहरुमा भाइरसमा सँक्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
४१ औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गर्नुभयो ।
एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो ।
कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ ।
एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना सङ्क्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख महतोको भनाइ छ । सङ्क्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ ।
“कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएको छैन”, कारागार प्रमुख महतोले भन्नुभयो, “सङ्क्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि सङ्क्रमित हुने जोखिम बढेको छ ।”
सङ्क्रमित कैदीबन्दीलाई सुरक्षित आइसोलेसनमा राख्नुपर्नेमा सरकारबाट निर्देशन नआउँदा कारागारभित्रै राख्नुपर्ने बाध्यता रहेको उहाँको कथन छ ।
एकैपटक ठूलो सङ्ख्यामा कैदीबन्दी सङ्क्रमण देखिएपछि सङ्क्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भइरहेको उहाँले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…