धनुषाधाम नगरपालिकाका कर्मचारीहरु कालोपट्टी बाँधेर काममा
ट्रेड युनियनको चुनावमा सहभागी हुन वञ्चित गरेपछि उनीहरूले कालो पट्टी बाँधेर विरोध गरेका हुन् ।

२०७७ असोज ६ मंगलबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकाका कर्मचारीहरू सोमबारदेखि कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
असोज २४ गते हुने निजामतीहरूको आधिकारिक ट्रेड युनियनको चुनावमा लोकसेवा आयोगबाट नियुक्त कर्मचारीहरूलाई सहभागी हुन वञ्चित गरेपछि उनीहरूले कालो पट्टी बाँधेर विरोध गरेका हुन् ।
लोकसेवा आयोगबाट नियुक्ति भएका कर्मचारीहरूले पनि चुनावमा सहभागी हुन पाउनु पर्ने माग गर्दै कालोपट्टी बाँधेर काम गरिरहेको धनुषाधाम नगरपालिकाका प्रशासकिय अधिकृत संजित प्रसाद दासले बताए ।
कर्मचारी समायोजन ऐन २०७५ अनुसार लोकसेवा आयोगबाट नियुक्ति भएका कर्मचारीहरूलाई चुनावमा भाग लिनबाट वञ्चित गर्न नहुने उनीहरूको भनाई छ ।
स्थानीय तहका कर्मचारीहरू पनि एउटै पाठ्यक्रममा परीक्षा दिएर एउटै प्रक्रियाबाट नियुक्ति भए पनि आफूहरूलाई आधिकारिक ट्रेड युनियनले विभेद गरेको उनीहरूको भनाई छ ।
असोज ५ गते स्थानीय निकायका कर्मचारीरतको कालो पट्टी बाँधेर विरोध गर्ने भन्ने निर्णय भएको थियो । असोज ६ गते राति ८ बजे स्थानीय कर्मचारीहरूको जुम मिटिङबाट आगामी सङ्घर्षको कार्यक्रमहरू तय गर्ने योजना रहेको एक कर्मचारीले जानकारी दिए ।
असोज १५ गतेसम्म पनि माग पुरा नभए निर्वाचन स्थगन गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…