केपी ओली पुनः प्रधानमन्त्री बन्दै
न्यूज ब्युरो काठमान्डौ, २३ माघ । नेकपा एमालेका नेता केपी ओली शर्मा पुनः देशको प्रधानमन्त्री बन्ने भएको छ । आगामी प्रधानमन्त्रीको लागि निर्वाचन आयोगले फागुनको पहिलो हप्ताभित्र प्रतिनिधिसभाको सम्पूर्ण परिणाम सार्वजनिक गर्ने जनाएको छ। भोली बुधबार हुने राष्ट्रियसभा चुनावको तयारीबारे जानकारी दिन आयोजित प

२०७४ माघ २३ मंगलबार, दिउँसो ३:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो
काठमान्डौ, २३ माघ । नेकपा एमालेका नेता केपी ओली शर्मा पुनः देशको प्रधानमन्त्री बन्ने भएको छ ।
आगामी प्रधानमन्त्रीको लागि निर्वाचन आयोगले फागुनको पहिलो हप्ताभित्र प्रतिनिधिसभाको सम्पूर्ण परिणाम सार्वजनिक गर्ने जनाएको छ।
भोली बुधबार हुने राष्ट्रियसभा चुनावको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले फागुनको पहिलो हप्ताभित्र राष्ट्रपति समक्ष परिणाम बुझाइसक्ने दाबी गरेका हुन्।
आयोगले परिणाम बुझाए लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। सरकार गठनका लागि तयारी अवस्थामा रहेको वाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीलाई फागुनको दोस्रो हप्ता प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई बाटो खुल्नेछ।
राष्ट्रियसभा चुनावका कारण प्रतिनिधिसभाको समानुपातिकको परिणाम सार्वजनिक नहुँदा नयाँ सरकार गठनको प्रक्रिया रोकिँदै आएको छ।
आयोगले भोली हुने राष्ट्रियसभा चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। भोली सात प्रदेश मध्ये ६ वटा प्रदेशमा बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ।
सात प्रदेश मध्ये प्रदेश नं. २ मा सबै उम्मेदवार निर्विरोध चयन भएपछि चुनाव नहुने जनाइएको छ ।
मतदान सकिएलगत्तै मतगणना सार्वजनिक सुरु हुने र बिहीबारसम्म परिणाम सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए।
राष्ट्रियसभाको परिणाम आए लगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम पनि सार्वजनिक गर्ने र दलहरुलाई तीन दिनभित्र निर्वाचित सदस्यको नाम पठाउन समय दिने आयोगले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…