तामझामका साथ रौतहटको गौर अस्पतालमा पिसिआर मेसिन जडान
ल्याब संचालनमा आए पछि स्वाबको नतिजा चाडै प्राप्त हुने संक्रमितहरुको पहिचान गर्न सहज हुने

२०७७ असोज ३ शनिबार, बिहान ७:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । जिल्ला अस्पताल गौरमा स्थापना भएको पिसिआर परिक्षण प्रयोगशालाको शुक्रबार उद्घाटन गरिएको छ ।
गौर अस्पतालको कक्षमा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पिसिआर मेसिनको बिधिबत रुपमा उद्घाटन गरेको हो । संघीय ,प्रदेश सरकार र रौतहटका १३ स्थानिय तहले आर्थिक सहयोग गरेको छ ।
कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र रौतहटको साउन ३० गतेको बैठकबाट भएको निर्णयानुसार पिसिआर परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार माधवनारायण, परोहा, कटहरिया, गढीमाई, बृन्दावन, बौधीमाई, गरुडा, फतुवा विजयपुर, राजदेवी, गौर, गुजरा र राजपुर नगरपालिकाले पाँच लाखका दरले रकम गौर अस्पताललाई उपलब्ध गराइसकेको छ ।
यसअघि कोरोना परीक्षणका लागि बिंरगंज, हेटौडा, जनकपुर र काठमाण्डौसम्म स्वाब पठाउनु पर्ने अवस्था रहेकोमा अब जिल्लामा कोरोना परीक्षण हुने जिल्ला अस्पताल गौरले जनाएको छ ।
रौतहटमा मा पीसीआर प्रयोगशाला स्थापना भएपछि छिमेकी जिल्लाका नागरिकलाई समेत सहज हुने भएको छ ।पिसिआर मेसिन सहित गौर अस्पताल आएका प्रमुख अतिथि मन्त्री नबल किशोर साह पिसिआर ल्याब उदघाटन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश २ सरकारले रौतहट सहित प्रदेश कै स्वास्थ्य पूर्वाधारको विकास र संक्रमणका बेला जोखिम नियन्त्रण गर्न हरसम्भव प्रयास जारी राखेको उनले बताए ।
आठ वटै जिल्लाहरुमा कोविड नियन्त्रणका लागी पठाइएको रकमको प्रयोग हुन नसकेको प्रति गुनासो गर्दै मन्त्री साहले स्थानिय तह र प्रशासनले पनि अस्पतालहरुको प्रभावकारीताको लागी लगातार अनुगमन र निगरानी गर्नु पर्ने बताए ।
बिशिस्ट अतिथी प्रदेश दुइको भौतिक पुर्वाधार बिकास राज्य मन्त्री डिम्पल झाले आफूहरु रौतहट बासीको स्वास्थ प्रती गम्भीर रहेको बताउदै आउने दिनमा थप गम्भीर भइ सहयोग र साथ दिने बताए ।
उदघाट्न सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादबले पिसिआर मेसिन जडानलागि सहयोग र साथ दिने सम्पुर्णमा धन्यवाद ज्ञापन गरे।अस्पताल बिकास समितका अध्यक्ष शेख जमसेदले पिसिआर जडानका लागि सहयोग र सहकार्य गर्ने सङ्घिय सरकार ,प्रदेश सरकार र स्थानीय बिकास मन्त्री नवल किशोर साह ,रौतहटका सम्पुर्ण स्थानीय तहका प्रमुख र जनप्रतिनिधि ,प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादब लगायत सबैलाइ आभार व्यक्त गरे।
शुक्रबारदेखि सन्चालमा आएको सो ल्याबमा ६ घण्टाको भित्रमा ७२ वटा स्वाब परिक्षण हुने क्षमता रहेको गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्णा साहले बताए ।
ल्याब संचालनमा आए पछि स्वाबको नतिजा चाडै प्राप्त हुने संक्रमितहरुको पहिचान गर्न सहज हुने गौर अस्पतालका मेडिकल बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…