मधेशी निजामति कर्मचारी मँचले चुनाव बहिष्कार गर्ने
धिकारिक ट्रेड युनियनको निर्वाचनसम्बन्धी प्रावधानमा सुधार गरी निर्वाचन गराउन माग

२०७७ असोज १ बिहीबार, बेलुकी ५:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी निजामति कर्मचारीहरुको छाता सँगठन मधेशी निजामति कर्मचारी मँचले चुनाव बष्किार गर्ने चेतावनी दिएको छ ।
मँचका पदाधिकारीहरुले विहिबार धनुषा जिल्लामा स्थापना भएको जिल्ला स्तरीय निर्वाचन कार्यालयको बोर्ड हटाएर विरोध जनाएका छन् । उनीहरुले बिभेदकारी निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन चुनाव बहिष्कार गर्ने नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय बिरोध कार्यक्रम अन्तर्गत बोर्ड हटाएर विरोध जनाएको हो ।
सोही कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय निर्बाचन कार्यालयको बोर्ड हटाइ निर्बाचन अधिकृत मार्फत ज्ञापन पत्र समेत बुझाएको छ ।
जसपा निकट कर्मचारी सँगठनले समानुपातिक विधि र इलेक्ट्रोरल थ्रेसहोल्ड परस्पर विरोधी रहेको बताउँदै मँचले समानुपातिक निर्वाचन विधिमा सबै पक्षको प्रतिनिधित्व हुनुपर्नेमा थ्रेशहोल्ड दूराशययुक्त खेल मात्र रहेको भन्दै विरोध जनाएको छ ।
थ्रेसहोल्डले सिमान्तकृत बर्गको भूमिकालाई निषेध गर्ने उदृत गर्दै यसरी परस्पर विरोधी सिध्दान्त राखेर नेपाल सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणालाई नेपाल मधेशी निजामती कर्मचारी मञ्चलाई मान्य नभएको बताईएको छ ।
आधिकारिक ट्रेड युनियनको निर्वाचनमा लगाइएको १० प्रतिशत थ्रेसहोल्डको विरोध गर्दै जसपाले यस्तो थ्रेशहोल्डका कारण अल्पमत पक्षले प्रतिनिधित्व गर्न नपाउने भन्दै पार्टीले थ्रेशहोल्डको दायरा घटाई ३ प्रतिशत कायम गर्न माग गरेको छ ।
यसअघि पहिलो पटक भएको आधिकारिक ट्रेड युनियन निर्वाचनमा भाग लिई सकेका राष्ट्रिय स्तरका ट्रेड युनियनले विना शर्त भाग लिन पाउने व्यवस्था गर्न पनि पार्टीले माग गरेको छ ।
आधिकारिक ट्रेड युनियनको निर्वाचनसम्बन्धी प्रावधानमा सुधार गरी निर्वाचन गराउन पार्टीले माग गरेको छ ।
जसपाले निजामती सेवामा मधेशी कर्मचारीको समग्र उपस्थिति नै १० प्रतिशतभन्दा कम रहेको अवस्थामा १० प्रतिशत थ्रेशहोल्डका साथ आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउनुका पछाडि नेपाल मधेशी निजामती कर्मचारी मञ्चलाई ट्रेड युनियन अधिकारबाट वञ्चित गराउने उद्देश्य रहेको आरोप पनि लगाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…