लकडाउन अति भयो, अब लकडाउन सहन्नौ : जनकपुरीयन युवाहरु
निरन्तर लकडाउन खुकुलो मात्र भएपछि आम नागरिकले राहतको साँस लिएका छन् ।

२०७७ असोज १ बिहीबार, दिउँसो ४:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । झण्डै ६ महिनादेखि निरन्तर लकडाउन आजित भएका जनकपुरका युवाहरुले अब प्रशासनले लकडाउन गरेपनि त्यसको विरोध गर्ने बताएका छन् ।
लकडाउनबाट आजित भएर जनकपुरियन युवाहरुका एक समूहले लकडाउन विरुद्ध जान सङ्घर्ष समिति गठन गरेको छ । समिति गठन गरी उनीहरुले लकडाउनको विकल्प मात्र जारी गरी यहाँको व्यपाार व्यावसायलाई निरन्तरता दिन दिनुपर्ने मागहरु राखेका छन् ।
६ महिने लकडाउनले पारेको प्रभावलाई र संक्रमणसङ्ग लड्न गरी सक्नु पर्ने तयारीमा देखिएको लापरवाहीले लकडाउन प्रभावकारी नभएको भन्दै संघर्ष समिति गठन गरि संघर्षमा जाने तयारी गरेका छन।
लकडाउनको विरुद्ध गठन गरिएको संघर्स समिती ५१ सदस्यीय बनाई संघर्षमा जाने निर्णय गरेको जनाइएको छ। उनीहरुले सम्बन्धित सम्पुर्ण निकायमा ज्ञापन पत्र समेत बुझाएको जनाएका छन।
विभिन्न व्यापारी र समाजिक संस्थाले समर्थन जनाएको तथा सहयोग गर्ने वाचा समेत गरेको दाबी समेत गरेका छन। यसरी आश्विन १ गतेसम्म लकडाउन मान्ने तर त्यसपछि विरोधमा उत्रिने संघर्ष समितिका गणेश साहले जनाएका छन।
निरन्तर लकडाउन खुकुलो मात्र भएपछि आम नागरिकले राहतको साँस लिएका छन् । बजार, व्यावसाय, व्यापार लगायतका अन्य क्षेत्रहरु समान्य भएपनि जनजीवनत समेत समान्य झै महसुस भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…