नेपाल रेल्वेमा जागिर खुल्यो, १२९ जना कर्मचारी माग
आवेदनको लागि असोज १२ गतेसम्म अन्तिम मिति तोकिएको छ ।

२०७७ भदौ २९ सोमबार, बिहान ८:२७ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधामले भारी सँख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले आज प्रकाशित गरेको विज्ञापनमा विभिन्न तहमा १ सय २९ जना कर्मचारी माग गरेको हो । रेल्वे कम्पनीले विभिन्न पदमा आवश्यक परेको करार सेवामा खुल्ला प्रतिस्पर्धाद्धारा कर्मचारीहरु परिपूर्ति गर्नको लागि सोमबार विज्ञापन निकालेको हो ।
सो क्रममा शाखा अधिकृतको लागि अधिकृत तृतिय स्तरमा प्रशासन सेवाको लागि समान्य प्रशासन तर्फ १ जना कर्मचारी माग गरेको छ । कानुन अधिकृत १ जना र स्टेशन मास्टर ३ जना माग गरिएको छ । यी ३ पदको लागि न्यून्तम योग्यता भने स्नातक उतीर्ण माग गरिएको छ । कानुन अधिकृतको लागि कानुन बिषयमै स्नातक उतीर्ण उम्मेदवार माग गरेको हो ।
यस्तै, पाँचौ तहको लागि सव ईन्जिनीयर तर्फ मेकानिकलको लागि १ जना माग गरिएको छ । जसको लागि न्यून्तम योग्यता भने मेकानिकल वा इण्डष्ट्रियल वा अटोमोबाइल इन्जिनरियरिँग डिप्लोमा वा सो सरह माग गरिएको छ ।

पाँचै तहमा सहायक प्रथम स्तरकै ईन्जिनीयरिँग सेवा तर्फ ईलेक्ट्रीकल तर्फ पनि १ जना सव इन्जिनियर माग गरिएको हो । जसको लागि ईलेक्ट्रीकल इन्जिनियरिँग विषयमा डिप्लोमा वा सो सरह उतीर्णको योग्यता माग गरिएको छ ।
ईलेक्ट्रोनिक एण्ड कम्यूनिकेसन तर्फ पाँचौ तहमा सव इन्जिनियर पदको लागि १ जना माग गरिएको हो । जसको लािग ईलेक्ट्रोनिक एण्ड कम्युनिकेसन विषयमा डिप्लोमा वा सो सरहको योग्यता माग गरिएको छ ।


.jpg)















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…