मारुती सिमेन्ट फ्याक्ट्री विरुद्धको आन्दोलन जारी, साईजमा ल्याउने चेतावनी
न्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योग विरुद्ध जारी आन्दोलन अन्तर्गत निरन्तर प्रदर्शन भएको छ । मारुती सिमेन्ट उद्योगविरुद्ध गठित संघर्ष समितिले उद्योग बाहिर पूर्वपश्चिम राजमार्गमा आइतबार फेरि प्रदर्शन गरेको हो । मारुतीले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै फिर्ता गराउन तथा उद्योगले मनोमानी गरे

२०७७ भदौ २९ सोमबार, बिहान ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योग विरुद्ध जारी आन्दोलन अन्तर्गत निरन्तर प्रदर्शन भएको छ ।
मारुती सिमेन्ट उद्योगविरुद्ध गठित संघर्ष समितिले उद्योग बाहिर पूर्वपश्चिम राजमार्गमा आइतबार फेरि प्रदर्शन गरेको हो । मारुतीले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै फिर्ता गराउन तथा उद्योगले मनोमानी गरेको आरोप सहित सो विरुद्ध सँघर्ष समिति सडक तताइरहेका छन् ।
यसअघि उनीहरुले मारुती उद्योग बाहिर प्रदर्शन तथा गेट अगाडी धर्नासहित प्रदर्शन गरेका थिए । मारुती सिमेन्ट उद्योगले अवैद्यानिक रुपमा करिब ३ बिघा सार्वजनिक जमिन कब्जा गरेको भन्दै समितिले सो सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने, धुवाँ धुलो नियन्त्रण गरिनुपर्ने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने तथा किसानलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।
मारुती सिमेन्ट उद्योग भित्रका केहि दलाल र माफियाहरुका कारण आफूहरुलाई निषेधाज्ञाका बीच पनि आन्दोलनमा उत्रन बाध्य हुनुपरेको संघर्ष समितिका संयोजक चिरञ्जीवी यादवको भनाइ छ । उनले उद्योगले माफिया र दलालहरुसँग साँठगाँठ गरेर यस क्षेत्रमा नोक्सानी तथा यहाँका स्थानीयलाई दुःख दिने काम गरिरहेको आरोप लगाए ।
उद्योगले मापदण्ड र ऐनलाई अंगिकार गर्दै अगाडी बढे आफूहरु सहयोग गर्न तत्पर रहने भन्दै उनले नसच्चिएसम्म आन्दोलनबाट पछि नहट्ने पनि चेतावनी दिए । आन्दोलनपछि सरकारी निकायले आश्वासन दिएपनि तादरुकता नदेखाए भिषण आन्दोलन हुने उनको चेतावनी छ ।
दलाल र माफियाहरुकै कारणले मारुती सिमेन्ट उद्योग पटकपटक विवादमा पर्ने गरेको आन्दोलनका अगुवा रामदयाल यादव बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…