कमलदहमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, मृत्यू शंकास्पद !
न्यूज ब्यूरो, सिरहा । गत विहिबार जितिया पर्वका दिन सिरहाको मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । कमलदहमा पानीमा मृत अवस्थामा भेटिएकी महिला अर्नामा गाउँपालिका–२ की रहेकोे खुलेको हो । मृतक महिला अर्नामा–२ ब्रहमपुरीकी २८ वर्षीया रञ्जना देवी यादव हुन् । मृतक महिलाको श्

२०७७ भदौ २७ शनिबार, बिहान १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । गत विहिबार जितिया पर्वका दिन सिरहाको मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।
कमलदहमा पानीमा मृत अवस्थामा भेटिएकी महिला अर्नामा गाउँपालिका–२ की रहेकोे खुलेको हो । मृतक महिला अर्नामा–२ ब्रहमपुरीकी २८ वर्षीया रञ्जना देवी यादव हुन् ।
मृतक महिलाको श्रीमानको निधन गत पाँच अघि नै भइसकेको छ । औरही गाउँपालिकाको जमुवा पिपरा माइती भएकी उनको २ छोरा र १ छोरी गरी ३ जना बालबच्चा छन् ।
बिहीवार विहान घरबाट निस्किएकी उनको मृत शरीर साँझ कमलदहको पानीमा तैरिरहेको अवस्था भेटिएको थियो । जितिया पर्वको दोश्रो दिन कमलदहमा भेटिएकी उनी ब्रतालु भएकी र नुहाउने क्रममा डुबेको हुनसक्ने आशंका सुरुमा गरिएको थियो ।
तर, पहिचान खुलेपछि घटना रहस्यमय देखिएको छ । मृतक महिला यस क्षेत्र नजिककी नभएर टाढाकी भएकाले नुहाउन आउन नसक्ने भन्दै घटना शंकास्पद रहेको प्रहरीको आशंका छ ।
मृतक महिलाको पहिचान खुल्दा घटना रहस्यमय देखिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ । उनी कमलदलमा कसरी वा को सँग गएकी तथा कसरी घटना भएको सन्दर्भमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डिएसपी) शालिग्राम शर्माले बताए ।
मृतकको शवको पोष्टमार्टम लहानमा भइसकेपनि रिपोर्ट भने आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…