अनुमगन समितिद्धारा निरन्तर बजार अनुगमन
तोकेको सुरक्षा मापदण्ड पुरा गरेर बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म व्यवसाय सञ्चालन गर्नसक्ने व्यवस्था
२०७७ भदौ २७ शनिबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । कोरोना भाईरस विपद न्युनीकरण समन्वय तथा अनुगमन समिति निजगढले गठन गरेको अनुगमन समितिले निजगढ नगरपालिका वडा नम्बर ११ र १३ का विभिन्न गाउँमा सञ्चालित पसल, होटेल तथा व्यवसायको अनुगमन गरेको छ ।
समितिले वडा नम्बर ११ को रतनपुर र १३ को डम्मरपुर बजार क्षेत्रको अनुगमन गरेको हो । निजगगढ नगरपालिकाले कोरोना भाइरस जोखिम न्युनीकरणका लागि जारी गरेको होटेल, रेस्टुरेन्ट, पसल, अन्य व्यवसाय र बैङ्क तथा वित्तिय संस्था सञ्चालन कार्यविधि २०७७ अनुरुप रतनपुर र डम्मरपुरमा व्यवसाय सञ्चालन भए नभएको बारे अनुगमन गरेको हो ।
समितिकी सदस्य माला लामाकाअनुसार ३ दर्जन भन्दा बढी पसल व्यवसायमा अनुगमन गरिएको छ । समितिका सदयस्यहरुले होटल, पसल र अन्य व्यवसायीकोमा पुगेर नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार व्यवसाय सञ्चालन गर्न अनुरोध गरेका थिए ।
समितिकी सदस्य लामाले केही व्यवसायीले मात्र सुरक्षाका न्युनतम मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गरेको पाइएको र कार्यविधिको पुर्णरुपमा पालन गरेर पसल तथा होटेल सञ्चालन गर्न व्यवसायीहरुलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।
निजगढ नगरपालिकाले तयार पारेको कार्यविधिअनुसार तोकेको सुरक्षा मापदण्ड पुरा गरेर बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म व्यवसाय सञ्चालन गर्नसक्ने व्यवस्था गरेको छ ।
सोको अनुगमनको लागि कोरोना भाईरस विपद न्युनीकरण समन्वय तथा अनुगमन समिति निजगढले नगरपालिकाका अधिकृत रिसव काफ्लेको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…