जनकपुरबाट कटुवा पेस्तोल सहित २ जना पक्राउ
थप अनुसन्धानको लागि जिल्ला प्रहरीमा राखिएको जनाइएको छ ।

२०७७ भदौ २५ बिहीबार, दिउँसो ३:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट प्रहरीले हातहतियार सहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
बिहिबार (आज) दिउँसो करिब १२ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मुसहरी टोलबाट उनीहरुलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
२ जना व्यक्तिहरुले हातहतियार वेचविखनको लागि ल्याउदै छ भन्ने गोप्य सुचनाको अधारमा तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब नीरिक्षकको कमाण्डमा गएको विशेष प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहना बस्ने बर्ष २१ का अजय राज कायस्थ र सोही ठाउँ बस्ने बर्ष २४ का सुनिल कुमार मण्डललाई पक्राउ गरेको हो ।
प्रदेश २–००३०० प. ७३७७ नं. को मोटरसाईकलमा सवार उनीहरुले बोकेको कालो रंगको झोलामा भित्र लुकाई छिपाई राखेको कटुवा पेस्तोल र त्यसमा लाग्ने १ थान गोली सहित पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरीमा राखिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…