धनुषाधाममा स्थानीय सेवा कर्मचारी नगर कार्यसमितिमा 'दास'
स्थानीय सेवा कर्मचारीहरुको संगठन बिस्तार भईरहेका बेला धनुषामा भने यो पहिलो स्थानीय तहमा समिति गठन

२०७७ भदौ २५ बिहीबार, दिउँसो २:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका कर्मचारीहरुले स्थानीय सेवा कर्मचारी तदर्थ नगर कार्यसमिति गठन गरेका छन् ।
नगरपालिकाका प्रशासन अधिकृत सन्जित प्रसाद दासको अध्यक्षतामा शुक्रबार बसेको बैठकले २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
प्रशासकिय अधिकृत सन्जित प्रसाद दास अध्यक्ष रहेको समितिमा उपाध्यक्षमा शिक्षा अधिकृत धिरेन्द कुमार साह रहेका छन् भने सचिबमा ई. रणधिर कुमार सिहं रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा लेखापाल प्रसान्त देव प्रसाद यादव र सह–सचिबमा सव इन्जिनियर मनिषा कुमारी कर्ण रहेका छन् ।
स्थानीय तहका कर्मचारीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि सांगठनिक रुपमा अगाडि बढ्नु परेको अधिकृत दासले बताए । स्थानीय तहका कर्मचारीहरुलाई राज्यलेनै हेर्ने दृष्टिकोणमा फरक रहेकोले एक भएर आवाज उठाउनु पर्ने आवश्यकता रहेको बताइएको छ ।
देशव्यापी रुपमा स्थानीय सेवा कर्मचारीहरुको संगठन बिस्तार भईरहेका बेला धनुषामा भने यो पहिलो स्थानीय तहमा समिति गठन भएको हो ।
संघियताको जगको रुपमा रहेको स्थानीय तहहरुमा बसेर जनतासंग नजिक भएर काम गर्ने स्थानीय सेवा कर्मचारीहरुलाई राज्यले निजामती कर्मचारी सरह व्यवहार नगरी सौतेनी व्यवहार गरिरहेकाले स्थानीय तहका कर्मचारीहरुको हक हितको लागि समिति गठन गरेको नव अध्यक्ष दासले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…