जनकपुरः १० बर्षिय बालिका बलात्कार काण्डका ५५ बर्षिय पुरुष पक्राउ !
उनलाई विहिबार जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाइने

२०७७ भदौ २४ बुधबार, राति १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २ सिनुरजोडाका एक बालिकालाई बलात्कार गरेको आरोपमा भागेका पुरुष आज (बुधबार) पक्राउ परेका छन् ।
गत शनिबार दिउँसो ३ बजे लक्ष्मीनियाँ बजार स्थित पसल सँचालन गर्दै आएका बद्रीनाथ साहलाई प्रहरीले पक्राउ गरेको हो । उनले सँचालन गर्दै आएको किराना पसलमा नजिकै खेलिरहेको बालिकालाई ललाइ फकाइ पसलमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ ।
उनलाई आज (बुधबार) साँझ करिब ७ बजेतर्फ महोत्तरीको मठिहानीबाट पक्राउ गर्न सफल भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले एक प्रेस विज्ञप्ति जारी गर्दै साहलाई सादा पोशाक (सिभिल ड्रेस) मा खटेका प्रहरीले महोत्तरीबाट पक्राउ गरेको हो ।
गत शनिबार उनले एक १० बर्षिय बालिकालाई चकलेट दिने बहानमा घरमा लगेर मुख थुनी बलात्कार गरेको आरोपमा धनुषा जिल्ला अदालतको आदेश बमोजिम खटेको प्रहरीले उनलाई पक्राउ गरी ल्याएको हो ।
उनलाई विहिबार जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाइने जनाइएको छ ।
खेलिरहेकी वालिकालाई बोलाएर आफ्नो पसलमा पानकिङ्ग गुटका नरहेको तथा अर्को पसलबाट ल्याउन पठाए । त्यसपछि पसलमा रहेको एउटा कार्टुन छतमा राखेर आउन भनेका थिए ।
पीडित बालिकाले भने अनुसार, पछिपछि उनी आफूपनि गएर कोठामा थुनेर बलात्कार गरेको कुरा बुवालाई सुनाएपछि घटना बाहिर आएको थियो ।
प्रहरीले उनलाई पक्राउ गर्न ढिलासुस्ती गरेको भन्दै मँगलबार स्थानीयहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी धर्ना र प्रदर्शन समेत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…