मेडिकल कलेजको लापरवाहीले डाक्टरको मृत्यू भएको भन्दै न्यायको लागि हारगुहार
भैरहवा स्थित रहेको यूसिएमएस मेडिकल कलेजको लापरवाहीले भएको भन्दै परिवारजन न्यायको लागि भौँतारिदै

२०७७ भदौ २४ बुधबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मेडिकल कलेजको लापरवाहीले डाक्टरकै मृत्यू भएको भन्दै उनका परिवारजनले न्यायको लागि सम्बन्धित निकायहरुसँग हारगुहार लगाएको छ ।
सोही क्रममा मधेशी डाक्टरहरुको छाता सँगठन मधेशी डाक्टरर्स एसोशिएसनले ५ महिना अगाडी प्राध्यापक डाक्टर ज्ञानेश्वर प्रसाद सिँहको भैरहवा स्थित रहेको यूसिएमएस ( Universal College of Medical Sciences) मेडिकल कलेजको लापरवाहीले मृत्यू भएको भन्दै उनका परिवारजनले हारगुहार लगाएपछि न्यायको लागि अगाडी आएका छन् ।
५ महिनादेखि उनका परिवारजनले सिँहको असमायिक निधन तथा कलेजकै लापरवाहीले मृत्यू भएको भन्दै एनएमसीमा समेत निवेदन दर्ता गराएको अवस्थामा कुनै पहल नभएको भन्दै एशोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै एनएससीले समेत कुनै प्रकारको पहल नगरेको भन्दै मृतक डा. सिँहको परिवारसँग मधेशी डाक्टरर्स एसोसिएशन उभिएको बताइएको छ ।

एशोसिएसनका सँयोजक डा. एकानन्द सिँह तथा प्रवक्ता डा. विनय कुमार पँजीयारद्धारा सँयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा नेपाल चिकित्सक संघको आजिवन सदस्य समेत रहेका प्रा.डा.ज्ञानेश्वर प्रसाद सिंहको मृत्युको निष्पक्ष छानविन गर्न र दोषिलाई कारवाहि गर्न नेपाल मेडिकल काउन्सिल र प्रहरी प्रशासनसँग माग गरिएको छ ।
दोषिलाइ कानुनी दायारामा ल्याउन मदत पुर्याउनको निम्ति यस घटनासँग सम्वन्धित सबैलाइ सहियोग गर्न आग्रह विज्ञप्ति मार्फत गरिएको छ ।
करिब ५ महिनाअघि डा. सिँहको मृत्यू भैरहवा स्थित रहेको यूसिएमएस मेडिकल कलेजको लापरवाहीले भएको भन्दै परिवारजन न्यायको लागि भौँतारिदै छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…