बङ्गलादेशमा कोरोना सँक्रमणबाट निको हुने धेरै बढे
निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.३८ प्रतिशतको मृत्यु भएको छ ।
२०७७ भदौ २३ मंगलबार, राति ८:१९ बजे१ मिनेट पढाइ

एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ६९।१९ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले मङ्गलबार जानकारी गराएको छ ।
निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.३८ प्रतिशतको मृत्यु भएको छ ।
बङ्गलादेशमा विगत २४ घण्टामा सङ्क्रमित पुष्टि भएका कोभिड–१९ विरामीको सङ्ख्या एक हजार ८९२ रहेका छ भने ३६ जनाको मृत्यु भएको छ । यहाँ मङ्गलबारसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख २९ हजार २५१ पुगेका छ भने चार हजार ५५२ जनाको मृत्यु भइसकेको छ ।
बङ्गलादेशमा कोरोनाभाइरस सङ्क्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख २७ हजार ८०९ रहेको छ भने तीन हजार २३६ जना मङ्गलबारमात्रै निको भई घर फर्किएका छन् ।
बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो । उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए । त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…