सबैला नगरपालिकाले गरिबको लागि ल्याएको दाल, चामलमा किरा लगाए
त्यहाँका गरिब मजदुरहरुलाई भने छाक टार्न समस्या भइरहेका बेला राहत कुहिन थालेको हो ।

२०७७ भदौ २३ मंगलबार, दिउँसो २:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । प्रदेश सरकारको सहयोगमा सबैला नगरपालिकाले गरिब निमुखाको लागि बाँडन राखिएको राहत समाग्रीमा किरा लगाएको छ ।
निरन्तर लकडाउनको कारण प्रभावित भएका नगरपालिका भित्रका गरिब, निमुखा परिवारलाई दोस्रो चरणको राहत वितरणको लागि राहत समाग्री ल्याएर अस्पतालमै सडाँएका छन् ।
लकडाउनका कारण काम गर्न नपाएर समस्यामा परेका पीडितलाई राहत दिन सँघीय सरकार र प्रदेश सरकारले गरेको परिपत्र बमोजिम बाँडनको लागि ल्याएको राहत नबाँडदा किरा लागेको बताईएको छ । जनप्रतिनीधिहरुले वास्तविक गरिबलाई नदिएर आसेपासेलाई दिन थालेपछि विवाद भएको थियो ।
कोरोना भाइरस रोकथाम नियन्त्रणमा लागि सरकारले लकडाउन गरेका कारण कैयौं गरिब मजदुर समस्यामा परेका बेला उनीहरुलाई चाहिने राहत समाग्रीलाई त्यतिकै अस्पतालको भवनमा थन्काएर राखेपछि अब किरा लाग्न थालेको छ । गरिबले पाउनुपर्ने राहत त्यतिकै सडन थालेको छ ।
छाक टार्न समस्या भएका गरिब मजुदरका लागि राहत दिन प्रदेश नं. २ सरकारले करोडौं रुपैया खर्च गरी पहिलो चरणमा सिधा प्रदेश सरकारले स्थानीय तहमा राहत वितरणका लागि रकम पठाएका थिए ।
दोस्रो चरणमा घरेलु कार्यालय मार्फत हरेक वडामा राहत पठाएपनि सबैला नगरपालिको राहत समाग्रीलाई त्यतिकै राखेपछि किरा लाग्न थालेका हुन् । पहिलो चरणमा स्थानीय तहहरुले राहत बाँडे पनि दोस्रा चरणको राहत अझै कतिपय स्थानीय तहले बाँडेका छैन ।
धनुषाको सबैला नगरपालिकाले दोस्रो चरणको राहत बाड्न नसक्दा गोममै कुहिन थालेको छ । त्यहाँका गरिब मजदुरहरुलाई भने छाक टार्न समस्या भइरहेका बेला राहत कुहिन थालेको हो ।
सबैलाका मेयर विजय शंकर साहले दोस्रो चरणको राहत सबै वडाले बुझेर बाँडिसकेको दावी गरे । उनले भने, ‘सबै वडाले राहत लगिसकेको छ । बाँडेको होला नी ।’
तर सबैले कतिपय वडाध्यक्षले राहत अझै नबुझेको दावी गर्छन् । वडाध्यक्षहरुको भनाई अनुसार मेयर साह झुठो बोलिरहेका छन् । अस्पतालमा मेयर साहले राखेको राहत कुहिन थालेको स्थानीयले जानकारी गराएका हुन् । स्थानीय भनाईले पनि मेयर साह झुठो बोलेर गल्ती लुकाउन खोजेको देखिन्छ ।
सबैला वडा नम्बर १० का वडाध्यक्ष प्रमेश्वर साहले प्रदेश सरकारले दोस्रो चरणको राहत घरेलु मार्फत ६० पोका मात्र पठाएकाले वितरण गर्न नसकेको बताए । ६० पोका राहत मात्र रहेको तर राहत लिनेको संख्या धेरै भएकाले विवाद हुनसक्छ भन्दै वितरण नगरेको उनको भनाई छ ।
उनले घरेलु मार्फत आएको राहत अहिलेसम्म आफुले नबुझेको दावी गरे । मेयर साहले सबै वडाध्यक्षले राहत लगेको दावी गरेपनि वडाध्यक्ष साहले आफ्नो वडाको लागि आएको राहत नगरपालिकामै रहेको स्पष्ट पारे ।
यस्तै वडा नम्बर १ का अध्यक्ष कपिल गडेरीले पनि दोस्रो चरणको राहत वितरण गरेन । उनी भन्छन्, ‘पहिलो चरणमै म ६० पोका बढी बाँडेको थिए । त्यसैले घरेलुले पठाएको ६० पोका राहत मैले नगरपालिकामै छाडिदिए ।’
मेयर र वडा अध्यक्षले मनमौजी रुपमा राहत विरतण गर्दा वास्तविक पीडित छुटेको स्थनीयले बताए । राहत वितरणको नाममा विध मात्र पूरा गर्ने काम भइरहेको उनको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…