जनकपुर: १० वर्षीय बालिका बलात्कार आरोपमा ५५ वर्षीय पुरुष फरार !
वालिकाको मेडिकल टेस्टको लागि जनकपुर पठाएको र फरार अभियुक्तको खोजी भैरहेको छ ।

२०७७ भदौ २३ मंगलबार, बिहान १०:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा १० वर्षीया बालिका उपर बलात्कार भएको घटना बाहिर आएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २ का एक ५५ वर्षीय पुरुषले बालिका बलात्कार गरी फरार रहेको बताइएको छ ।
गत शनिबार दिउँसो ३ बजे पुरुषले सँचालन गर्दै आएको किराना पसलमा नजिकै खेलिरहेको बालिकालाई ललाइ फकाइ पसलमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ ।
खेलिरहेकी वालिकालाई बोलाएर आफ्नो पसलमा पानकिङ्ग गुटका नरहेको तथा अर्को पसलबाट ल्याउन पठाए । त्यसपछि पसलमा रहेको एउटा कार्टुन छतमा राखेर आउन भनेका थिए । पीडित बालिकाले भने अनुसार, पछिपछि उनी आफूपनि गएर कोठामा थुनेर बलात्कार गरेको कुरा बुवालाई सुनाइन् ।
पछि रुदै घरमा पुग्दा सोधपुछ गर्दा वालिकाले घटना बारे बताएपछि स्थानीयबाट खबर प्रहरीले पाउने वित्तिकै घटना स्थलमा पुग्दा आरोपित फरार भएको लक्ष्मीनिया प्रहरी चौकीको सइ बनके गुरुङले बताए ।
उनले भने–“वालिकाको मेडिकल टेस्टको लागि जनकपुर पठाएको र फरार अभियुक्तको खोजी भैरहेको छ ।”
गत भदौ २१ गते जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा समेत एक १७ बर्षिय किशोरी उपर घरमै पसेर बलात्कार भएको घटना बाहिरीएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…