सशस्त्र प्रहरीले ४३ वटा बाख्रा र बोका पक्रे
बरामद बाख्राको मुल्य भने भन्सारले दाखिला गर्दा दुई लाख अस्सि हजार मुल्य तोकेको

२०७७ भदौ २२ सोमबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा सशस्त्र प्रहरीद्धारा ४३ वटा खसि बाख्रा बरामद गरी भन्सार दाखिला गरिएक छ ।
भन्सार छलीगरेर नेपाल तर्फ भित्रियाई रहेको करिब दुई लाख भन्दा बढी मुल्य बराबरको बाख्रा नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।
बाराको जिल्लाको सुवर्ण गाँपालिका वडा नम्बर ५ सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हेडक्वाटर बाराबाट खटिएको सशस्त्र प्रहरी नायव उपरिक्षक निरन्जन भण्डारीको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा उक्त बाख्रा बरामद गरेको बारा सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले जानकारी दिनु भएको छ ।
बरामद बाख्राको मुल्य भने भन्सारले दाखिला गर्दा दुई लाख अस्सि हजार मुल्य तोकेको सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारीले जनकारी दिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…