मेयरलाई ज्यान मार्ने धम्की दिने पक्राउ
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइको

२०७७ भदौ २२ सोमबार, दिउँसो १:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । ललितपुरका मेयर चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।
रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भिडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वाता दिएको अभियोगमा पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार, ललितपुर महानगरपालिका न)( १३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
गत बिहीबार ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङगामुढा गर्ने, उपस्थित भिडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत भनी सार्वजनिक रुपमा अन्तरवार्ता दिने व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शाक्यलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइको उक्त महाशाखाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…