धनुषामा झडप हुँदा ईन्सपेक्टर सहित ५ घाईते, ईन्स्पेक्टरलाई ६ वटा टाँका !

राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबिच झडप भएको थियो । 

२०७७ भदौ २२ सोमबार
बिहान ०९:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा झडपमा परी ५ जना घाईते भएका छन् । 


धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तीपुर स्थित काठको गोलियाको बिषयमा झडप हुँदा ५ जना घाईते भएको हो । सो झडपमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरी नीरिक्षक दिपक राय सहित ५ जना घाईते भएका हुन् । 

 

धनुषाको औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा गएराति प्रहरी र स्थानीयबिच झडप हुँदा २ प्रहरी र ३ स्थानीय गरी ५ जना घाईते भएको हो । 


गाउँलेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित लगायतका घाईते भएका हुन् । 

 

 झडपमा परी घाईते भएका प्रहरी निरीक्षकको निधारमा ६ वटा टाँका लागेको छ ।  प्रहरीको लाठीचार्जबाट एक महिलासहति ३ जना स्थानीय घाइते भएका छन् । 


उनीहरुको उपचार धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको जसपाका स्थानीय युवा नेता अजयकुमार राउतले जानकारी दिए ।

 

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बिच भएर बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेको थिए ।

 

 त्यहि गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबिच झडप भएको थियो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७७ भदौ २२ सोमबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus