जनकपुरः मृत अवस्थामा भेटिए युवक
स्थानीयहरुका अनुसार चटयाँग (ठनका) लागेर ज्यान गएको हुनुपर्ने अनुमान

२०७७ भदौ २१ आइतबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जकपुरधाम । धनुषामा एक युवक खेतमै मृत अवस्थामा फेला परेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ मा युवक मृत फेला परेका हुन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ बस्ने राम दयाल मण्डलको छोरा वर्ष ३५ का दिनेश मण्डल घर देखि करिब २०० मिटर पश्चिम् खेतमा मृत अवस्थामा भेटिएका हुन् ।
आईतबार (आज) घरबाट करिब १२ बजे तिर पानी परिरहेको बेला खेतमा कामका लागि निस्केका मण्डल दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।
मृतक युवकको शरीरमा कुनै किसिमको चोट नरहेको तथा शरीर उतानो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो । स्थानीयहरुका अनुसार चटयाँग (ठनका) लागेर ज्यान गएको हुनुपर्ने अनुमान गरेको छ ।
यता, ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी ईन्स्पेक्टर तीर्थ कार्कीले उनको मृत्यु कसरी भएको बारे खुल्न नसकेको तथा पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको बताए ।
आईतबार दिउँसो करिब १ बजेको समयमा धनुषाधाम नगरपालिकाकै वडा नं. ७ किसानपुरमा एक पुरुषको चटयाँग (ठन्का) लागेर मृत्यू भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…