धनुषाः गाई गोठमा प्रहरीको छापा, भन्सार छलीका समानहरु बरामद
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छली गरी ल्याएको समान बरामद गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नं. ९ खरियानी टोल बस्ने गफुर नदाफको घरमा शनिबार खानतलासी गर्दा २ लाख बढी रुपैयाँको समान बरामद गरेको हो । गोप्य सूचनाको आधारमा घरमा लुकाई छिपाई तथा भन्सार छली गरी तस्करी गर

२०७७ भदौ २१ आइतबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छली गरी ल्याएको समान बरामद गरेको छ ।
धनुषाको विदेह नगरपालिका वडा नं. ९ खरियानी टोल बस्ने गफुर नदाफको घरमा शनिबार खानतलासी गर्दा २ लाख बढी रुपैयाँको समान बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा घरमा लुकाई छिपाई तथा भन्सार छली गरी तस्करी गरेर ल्याएको ११ बोरा मटर, २ पोका रेडिमेड कपडा, १ बोरा चप्पल सहितका समानहरु बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय औरहीका सहायक प्रहरी नीरिक्षक (सई) बब्लु ठाकुरको कमाण्डमा खटि गएको प्रहरी टोलीले खानतलासि गरी ५० किलोको ११ बोरा मटर ५ सय ५० किलो, २ पोका रेडिमेड कपडा र १ पोका चप्पल गरी २ लाख १३ हजार ४०० बराबरको समानहरु बरामद गरी भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…