मारुति सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध संघर्ष समिति गठन, आन्दोलन हुँदै
जग्गा अतिक्रमण मात्रै होइन, सिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन् ।

२०७७ भदौ २१ आइतबार, दिउँसो ४:४१ बजे२ मिनेट पढाइ
जग्गा अतिक्रमण मात्रै होइन, सिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन् ।

२०७७ भदौ २१ आइतबार, दिउँसो ४:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मारुति सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध संघर्ष समिति गठन भएको छ ।
मारुति सिमेन्ट उद्योगले हड्पेको सार्वजनिक जग्गा जोगाउन तथा त्यस क्षेत्रमा पर्यावरणमा पुर्याइरहेको गम्भीर क्षति रोक्न संघर्ष समिति गठन भएको हो ।
तत्कालिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष चिरञ्जीवी यादवको संयोजकत्वमा गठित संघर्ष समितिमा २० जना सदस्य तथा १० जना सल्लाहकार गरी ३१ जना रहेका छन् ।
संघर्ष समितिले मारुति सिमेन्टले गरिरहेकोे मनोमानी र गोरखधन्दाविरुद्ध भोलि (सोमबार) देखि नै आन्दोलनको सुरुवात गर्ने भएको छ । समितिको आज बसेको बैठकले यसअघि फिर्ता गराएको पूर्वपश्चिम राजमार्गमा रहेको मारुति सिमेन्ट उद्योग छेउको जग्गामा भोलि विहान ९ बजे भेला हुने र त्यसपछि मारुति सिमेन्टको गेटमा गएर प्लेकार्डसहित प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यो आन्दोलन सबैका लागि भएकाले स्थानीयहरुलाई सहभागी भएर आन्दोलनमा एक्यवद्धता जनाइदिन संघर्ष समितिले आग्रह पनि गरेको छ ।
मारुति सिमेन्ट उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे तीन–चार बिघा जति वनको सार्वजनिक जग्गा आफूखुसी मनोमानी ढंगले अतिक्रमण गरेको छ । जग्गा अतिक्रमण मात्रै होइन, सिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन् ।
मारुति सिमेन्ट उद्योग परिसरमै रहेको शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादियुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको छ ।
मारुति सिमेन्ट र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौं गाउँका लाखौं जनता प्रत्यक्ष रुपमा प्रभावित छन् ।
यहाँका स्थानीयहरुले जग्गा अतिक्रमण तथा प्रदुषण रोक्न निरन्तर रुपमा आवाज उठाउँदै आएका छन् । तर, यी कारखानाले भने केहि नेता तथा यहाँका जनप्रतिनिधिकै मिलेमतोमा अर्थात् शक्तिको आडमा मनमौजी गर्दै आएका छन् ।
समितिका संयोजक यादवले गैरकानूनी काम गर्नेहरुलाई सुध्रिन चेतावनी दिएका छन् । अब उही समय नरहेको भन्दै गैरकानूनी काम गर्नेहरु नसुध्रे त्यसको परिणाम भोग्नुपर्ने उनको चेतावनी छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
न्यूज हाईलाईट
३ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१६ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१९ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१९ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…