जनकपुरमा अब पसल १० बजेदेखि ४ बजेसम्म खोल्न दिनु: साह
मुख्यमन्त्री लालबाबु राउतलाई समेत व्यापारीहरुको लागि सहजीकरण गरिदिन ज्ञापनप

२०७७ भदौ २१ आइतबार, दिउँसो ४:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सँघका अध्यक्ष ललित कुमार साहले जनकपुरमा व्यापारीहरुलाई विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पसल तथा व्यावसाय खोल्न दिनुपर्ने माग राखेका छन् ।
निरन्तर लकडाउन र निषेधाज्ञाका कारण कैयौं महिनादेखि जनकपुरको बजार, व्यावसाय चौपट्ट भएको भन्दै स्थानीय प्रशासनसँग पसल कमसेकम भएपनि ६ घण्टा खोल्न दिनुपर्ने माग गरेका हुन् ।
अध्यक्ष साहको नेतृत्वका जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका जनकपुरका व्यापारीहरुको एक टोलीले विहान १० बजेदेखि बेलुका ४ बजेसम्म बजार व्यावसाय संचालनको वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
टोलीले आजै मुख्यमन्त्री लालबाबु राउतलाई समेत व्यापारीहरुको लागि सहजीकरण गरिदिन ज्ञापनपत्र बुझाएका हुन् ।
यसका साथै औषधी, डेरी, कृषि सामग्री, मल, विउ, विजन, भेटनरी पसल, खाद्यान्न पसल किराना तथा बैंक, वित्तिय संस्थाहरु नियमित संचालन गर्न पाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
हरियो तरकारी तथा फलफुल, घुमती पसल साइकिल, ठेला, मोटरसाइकल, टेम्पुमा राखि टोल टोलमा घुमाएर विहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेपछि मात्र बेचविखन गर्ने व्यवस्था मिलाउनुपर्ने माग अघि सारेका हुन् ।
यस्तै कोरोना परीक्षणको दायरा बढाउन, दुई वटा थप पिसिआर मेसिन तुरुन्त संचालन गर्न र कोभिड अस्पताल संचालन गर्न पनि संघले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईले व्यापारीहरुको पिडा आफुहरु बुझिरहेको बताउदै संघले राखेको मागप्रति गम्भिर भई आजै देखि कार्यान्वयन गर्ने र बजार खोल्ने समय बढाउने प्रतिवद्धता जाहेर गरेको संघका महासचिव जितेन्द्र महासेठले जनाएका छन् ।
कोरोना भाइरसको सँक्रमण रोक्नको लागि स्थानीय प्रशासनले जनकपुरमा विगत एक महिनादेखि निरन्तर निषेधाज्ञा लगाएपछि व्यापारीहरु आजित भएका छन् । उनीहरुले विस्तारै भएपनि व्यावसाय सुचारु गर्न थालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…