दलित उपरको नरसँहार रोक्न 'डा. सिके राउत' राष्ट्र संघ (UN) मा
दलितहरुको मुद्दा लिएर अन्तर्राष्ट्रीय मंचहरुमा समेत आवाज़ उठाउने
२०७७ भदौ २१ आइतबार, दिउँसो १२:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले दलित उपर भइरहेको चरण आक्रमणलाई रोक्न सँयुक्त राष्ट्र (युएन) मा पत्र लेखेका छन् ।
दलित तथा सीमान्तकृत समूहहरूको श्रृंखलाबद्ध हत्या र बलात्कार रोक्ने बारे गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र जेनेभा स्थित संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्तलाई पत्र लेखेर ध्यानाकर्षण गराएको छ ।
जनमत पार्टीको अध्यक्षको हैसियतले तराई मधेशको पहिचानको लागि निरन्तर लडेका डा. सिके राउतले देशको विभिन्न भागमा भइराखेका दलितहरूको श्रृंखलाबद्ध हत्या र बलात्कारहरूको घटनालाई रोक्न सँयुक्त राष्ट्र सँघलाई पत्र पठाएको छ ।
डा. राउतले जनमत पार्टीको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका केही महिनाहरूमा मात्रै भएका प्रतिनिधि घटनाहरूको प्रकृति हेर्दा दलितहरूको हत्यामा सत्ताधारी पार्टीका स्थानीय जनप्रतिनिधि, तिनका नातेदार र निकट कार्यकर्ताहरूको संलग्नता रहेको उल्लेख गरिएको छ ।
दोषीहरूलाई स्थानीय, प्रदेश र संघीय सरकारको संरक्षण प्राप्त भई छानबीन र मुद्दा दर्ता समेत हुन नसकेको, ध्यानाकर्षण गराउन प्रदर्शन गर्दा उल्टा जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारले अत्यधिक बल प्रयोग गरी दमन गरेको, तथा सत्ताधारी पार्टीका नेताहरूले पैसाको बलमा मुद्दालाई मिलेमतो गराई दबाउन खोजेको ठहर गर्दै राष्ट्र सँघमा पत्राचार गरेको छ ।
डा. राउतले विज्ञप्तिमा भनेका छन्–“शासकीय शक्तिको आडमा दलित तथा सीमान्कृत समुदायहरूको घरमाथि कतै जनप्रतिनिधि र जमीन्दारहरूद्वारा डोजर चलाउने र घर भत्काउने कार्य भइराखेको छ भने कतै खेत खोस्ने, कतै घर वा गाउँ निकाला गर्ने, कतै राहत नदिने, कतै बाटो बन्द गरिदिने त कतै छूवाछूत गर्ने जस्ता जघन्य कुकृत्यहरू सत्ताधारी पार्टीका प्रतिनिधि तथा कार्यकर्ताहरूद्वारा निरन्तर भइराखेका छन्।”
दलित तथा सीमान्तकृत समूहहरूमाथि भइराखेका यस्ता जघन्य अपराधहरू तत्काल् रोक्न र दलितहरूको हत्या, हिंसा, बलात्कार र दमनको निष्पक्ष छानबीन गरी दोषीलाई अविलम्ब कारबाही गर्न र भविष्यमा यस्ता घटना नदोहोरिऊन् भनेर कानूनी तथा प्रशासनिक सुनिश्चितता गर्न जनमत पार्टी सहित डा. राउतले राष्ट्रसँघ सहित गृहमन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ ।
यसका साथै, दलितहरुको मुद्दा लिएर अन्तर्राष्ट्रीय मंचहरुमा समेत आवाज़ उठाउने जनमत पार्टीका विदेश बिभाग प्रमुख ई.बसन्त कुशवाहाले बताएका छन् ।
एनआरएमएका अन्तर्राष्ट्रीय समिति अध्यक्ष समेत रहेका ई. कुशवाहाले बिगतमा मधेशको समस्या लिएर संयुक्त राष्ट्र संघ जस्ता संगठनमा सहभागी भई सकेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…